ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

जनजागरण वनको २४ औं सभा सम्पन्न, पौडेल पुनः अध्यक्षमा निर्वाचित

१४ भाद्र २०८२, शनिबार
१४ भाद्र २०८२, शनिबार

 जितपुर, १४ भदौ ।

“रुख रोपौँ, बन जोगाऔँ” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ मा अवस्थित जनजागरण सामुदायिक बन उपभोक्ता समूहले आफ्नो २४औँ वार्षिक साधारण सभा तथा ७औँ अधिवेशन सम्पन्न गरेको छ ।

कार्यक्रममा समूहका सचिव जनक बहादुर खत्रीले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रिता रायमाझीले आर्थिक वर्ष २०८१/८२ को कुल ५४ लाख ८८ हजार रुपैयाँ बराबरको आय–व्यय सार्वजनिक गरेकी थिइन् ।

सो अवसरमा अध्यक्ष देवीराम पौडेलले सामुदायिक बनको भावी रणनीति, योजना र आगामी दिनमा थप प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साधारण सभामा सामुदायिक बन अन्तर्गत रहेका उपभोक्ता सदस्यमध्ये ७७ देखि ८० वर्ष उमेर समूहका एकल तथा ज्येष्ठ नागरिक गरी १५ जनालाई दोसल्ला ओढाई र नगद १–१ हजार रुपैयाँ प्रदान गरेर सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा सब–डिभिजन वन कार्यालय गोरुसिङ्गेका प्रमुख मोतीराम पौडेलले सामुदायिक बनले कार्य गर्दा नीति, नियम र योजनाअनुसार पारदर्शी ढङ्गले अगाडि बढ्नुपर्ने बताए ।

उनले संरक्षण र संवर्द्धनसँगै उत्पादनमूलक कामलाई पनि जोड दिनुपर्नेमा जोड दिँदै जिल्लामै छिट्टै साधारण सभा सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । वानपा–९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक बनले विकास निर्माणको कार्यमा वडासँग समन्वय गर्दै समुदायमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै सफलताको शुभकामना दिएका थिए ।

७औँ अधिवेशनबाट पुनः देवीराम पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ। अन्य पदाधिकारीहरूमा
उपाध्यक्ष : सुनिता सुनार,सचिव : रिता रायमाझी,कोषाध्यक्षमा जनक बहादुर खत्री
सह–सचिव : सरिता बेल्बासे (पौडेल)
सदस्यहरू : शुशिला भुसाल, लिल बहादुर बि.क., हरि प्रसाद पोख्रेल, खुमानन्द पोख्रेल, सरिता खनाल र जितेन्द्र खत्री रहेको निर्वाचन मण्डलका संयोजक रोम बहादुर खत्रीले जानकारी दिए  ।

कार्यक्रममा सामुदायिक बनका तर्फबाट कुन्तामणि भुसालले आफ्नो धारणा राख्दै साधारण सभा सफलताको शुभकामना व्यक्त गरेका थिए। साथै, छिमेकी सामुदायिक बनका अध्यक्ष, समाजसेवी, पत्रकार तथा बुद्धिजीवीको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

जनजागरण सामुदायिक बन ८० हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस बनमा हाल १सय १८ जना उपभोक्ता सदस्यहरू आबद्ध रहेका छन् । कार्यक्रममा सह–सचिव जितेन्द्र खत्रीले स्वागत मन्तव्य राखेका थिए भने सचिव जनक बहादुर खत्रीले सञ्चालन गरेका थिए । अन्त्यमा अध्यक्ष देवीराम पौडेलले सबै सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?