ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

१ वर्षपछि विदेशबाट फर्किएका वडा अध्यक्ष गुरुङ पुन जिम्मेवारी समाल्दै

१४ भाद्र २०८२, शनिबार
१४ भाद्र २०८२, शनिबार

लमही ,१४ भदौ।

दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ विदेशबाट फर्किएका छन् । बहाल भएकै अवस्थामा रोजगारीका लागि बेलायत गएका अध्यक्ष गुरुङ एक वर्षपछि फर्किएका हुन् । उनी अघिल्लो वर्ष साउन २० मा विदेश गएका थिए। ‘म एक हप्ताअघि मात्रै दाङ आए’,उनले भने ‘वडाध्यक्षको जिम्मेवारी सम्हालेको दुई/तीन दिन भयो ।’

कार्यपालिकाबाट अनुमति नलिएको भए पनि जानकारी गराएर विदेश गएको उनले बताए। वडा सदस्य चम्फा पुनलाई कार्यवाहक दिएर गएको उनले उल्लेख गरे । यद्यपि अनुमति नलिएर विदेश जाने र पुनः आएर पद सम्हाल्ने कुराको कार्यपालिका सदस्यहरूले भने विरोध जनाएका छन् । उनी बैठकमा आएपछि  शुक्रबार भएको कार्यपालिका बैठक समेत चल्न सकेन ।

गुरुङ बैठकमा सहभागी भएपछि उनलाई कुरा राख्न दिइएको थियो । तर, उनको कुरा चित्त बुझ्दो नभएपछि प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, वडा–४ का अध्यक्ष वीरबहादुर चौधरी, वडा–६ का अध्यक्ष दीपक कुमार चौधरी, कार्यपालिका सदस्य रण बहादुर पुजालीले फरक मत दर्ज गरेर बाहिरिएका थिए ।

‘जानकारी नदिएर एक वर्ष विदेश गएर हराउने, अनि अहिले आएर पद सम्हाल्ने कुरा गैर जिम्मेवारी हो, जनताप्रतिको धोका हो’, पालिका प्रवक्ता चौधरीले भने, ‘हामीले सुरुमा कुरा राख्न दियौँ, त्यसपछि बाहिर जान सुझाव दियौँ  तर, उहाँ नगएपछि हामी आफैले असहमति दर्ज गरेर निस्केका हौँ ।’

प्रवक्ता चौधरीका अनुसार अध्यक्ष गुरुङ अब विदेश नजाने र बाँकी कार्यकाल वडाध्यक्षका रूपमा काम गर्ने भनी प्रतिबद्धता जनाएका थिए। तर, त्यसरी मनलाग्दी तरिकाले जाने कुरा जनमतमाथि अपमान भएको उनको भनाइ छ । गुरुङलाई कार्यपालिका बैठकमा समेत नबोलाउँदा पनि आफैँ आएको पवक्ता चौधरीको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडाध्यक्ष गुरुङलाई हाजिर गराउने वा नगर्ने विषयमा कानुनी परामर्श लिएर मात्रै निर्णय हुने बताए । गुरुङ एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । २०७९ को चुनावमा उनी विजयी भएका हुन्। उनी निर्वाचित हुनुभन्दा पहिले सोही वडाको कार्यालय सहयोगीको रूपमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?