ट्रेंडिंग:

>> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ

किशोर सिंह राठौरको चुनौती : “सभापति बन्ने हो, प्रधानमन्त्री बन्ने होइन”

१४ भाद्र २०८२, शनिबार
१४ भाद्र २०८२, शनिबार

बुटवल  ।

नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याउने अभिव्यक्ति दिँदै सहमहामन्त्री किशोर सिंह राठौरले आगामी १५औं महाधिवेशनमा आफू सहजै सभापति बन्ने दाबी गरेका छन्।

रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राठौरले मुलुकमा बढ्दै गएको अराजकता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न “सक्षम र योग्य नेतृत्व आफू मात्र हो” भन्दै दृढ घोषणा गरे। सभापति शेरबहादुर देउवाको साथ–सहयोग रहने विश्वास व्यक्त गर्दै उनले भने,“म प्रधानमन्त्री वा मन्त्री बन्ने रहरले होइन, कांग्रेसलाई बलियो बनाउन सभापति बन्न चाहन्छु।

कमजोर कांग्रेसले लोकतन्त्र कमजोर बनाउँछ र नागरिकका अधिकार खोसिन्छन्।” प्रतिनिधि सभा सदस्य समेत रहेका राठौरले पार्टी सभापति भएपछि संगठनलाई नवीकरण गर्ने, भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चाल्ने र नेतृत्वमा नयाँ धार ल्याउने प्रतिवद्धता दोहोर्याए।

सत्ता समीकरणबारे प्रश्न उठाउँदै उनले कांग्रेस–एमाले सहकार्यलाई व्यवहारमै इमान्दारीपूर्वक पालना गर्नुपर्ने चेतावनी दिए। एमालेको प्रतिबद्धताप्रति आंशिक अविश्वास प्रकट गर्दै उनले भने, “इमान्दारीपूर्वक सहकार्य भयो भने मात्र गठबन्धन टिक्छ, नत्र कांग्रेस आफैं बलियो भएर अगाडि बढ्नुपर्छ।”

राजनीतिक वृत्तमा उनको यस्तो अभिव्यक्ति कांग्रेसभित्रै नेतृत्व प्रतिस्पर्धाको आगो चर्किँदै गएको संकेतका रूपमा लिइएको छ। राठौरले खुलेआम सभापति बन्ने आकांक्षा प्रकटसँगै महाधिवेशन असाधारण प्रतिस्पर्धी हुने निश्चित भएको विश्लेषण गर्न थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?