ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

गुल्मेलीको रोजाइमा जुम्ली स्याउ 

१४ भाद्र २०८२, शनिबार
१४ भाद्र २०८२, शनिबार

समाचार सारांशमा


  • जुम्लाको सिञ्जा र तिला गाउँपालिकाबाट ल्याइएको अर्ग्यानिक स्याउले तम्घासमा राम्रो बजार पाएको छ ।


  • स्याउको मूल्य बजारमा प्रति किलो २०० देखि २५० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ ।


  • व्यवसायी जगतबहादुर साहीसहित चार जना व्यवसायीले मिलेर करिब ५० क्विन्टल स्याउ तम्घास बजारमा बिक्रीका लागि ल्याएका हुन् ।


गुल्मी, १४ भदौ । 

जिल्लाको सदरमुकाम तम्घास बजारमा यति बेला जुम्लेली स्याउले राम्रो बजार पाएको छ । जुम्लाबाट ल्याइएको अर्ग्यानिक स्याउ यति बेला सदरमुकाम तम्घासका चोक र पसलहरूमा बिक्रीका लागि राखिएको छ ।

जुम्लाको सिञ्जा र तिला गाउँपालिकाका विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वादिलो र विषादी रहित स्याउले यहाँका उपभोक्ताहरूको मन जित्न सफल भएको छ ।

व्यवसायी जगतबहादुर साहीका अनुसार अघिल्लो वर्ष जस्तै यस वर्ष पनि करिब ५० क्विन्टल अर्ग्यानिक स्याउ बिक्रीका लागि तम्घास बजारमा ल्याइएको बताए । साही सहित चार जना व्यवसायीले मिलेर जुम्लाको अर्ग्यानिक स्याउ गुल्मी ल्याई पु¥याएका हुन् ।

बजारमा प्रति किलो स्याउ दुई सय रुपैयाँदेखि दुई सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । व्यवसायीहरूले तम्घास बजारको खानि गाउँ स्थित भगवती मन्दिर नजिकै सटर भाडामा लिएर स्याउ बिक्री गर्न थालेका हुन ।

व्यवसायी साहीले अघिल्लो वर्ष करिब ५० क्विन्टल जति स्याउ बिक्री गरेको बताए । यस वर्ष पनि सोही मात्रामा स्याउ बजारमा ल्याएको जानकारी दिए ।  जुम्लाका किसानहरूले विगतदेखि नै अर्ग्यानिक खेतीमा जोड दिँदै आएका छन् ।

हिमालको चिसो वातावरणमा विषादी रहित खेती गर्ने परम्परागत शैलीका कारण जुम्लाको स्याउ भनेपछि जताततै ब्रान्ड नै बनिसकेको छ । त्यहाँका अधिकांश किसानहरूले व्यावसायिक रूपमा स्याउ खेती गर्दै  आइरहेका छन् ।

स्याउ हिमाली भेगबाट ल्याउँदा लामो दुरी र कठिन भौगोलिक अवस्थाका कारण ढुवानी खर्च महँगो पर्ने गर्दछ । ढुवानीका कारण बजारसम्म आइपुग्दा स्याउको मूल्य महँगो परे पनि उपभोक्ताहरूले खोजी खोजी किन्ने गर्दछन् ।

आजको समयमा स्वास्थ्यप्रति सचेत नागरिकहरू अर्ग्यानिक उत्पादनप्रति बढी रुचि राख्छन् । जुम्लाको स्याउमा विषादी वा रासायनिक मल प्रयोग नगरिने हुँदा यो स्वास्थ्यका दृष्टिले पनि निकै राम्रो गुणस्तर र सुरक्षित मानिन्छ ।

त्यसै कारणले यहाँका स्थानीय ग्राहकहरूको रोजाइमा जुम्लेली स्याउ पर्दछ । जुम्लाबाट स्याउ ल्याउन ढुवानी खर्च धेरै पर्न जाने हुँदा बजारमा यसको मूल्य थोरै महँगो पर्ने गरेको साहीले बताए । उनले उपभोक्ताहरूको माग अनुसार पहिलो पटक सकिनासाथ पुनः दोस्रो लट स्याउ ल्याउने तयारी गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?