© २०२३
बुटवल, १३ भदौ ।
पर्यटकीय गन्तव्यको रुपमा स्थापित लुम्बिनी क्षेत्रमा प्रेसिडेन्ट ग्रुपले आफ्नो नयाँ शाखा ‘प्रेसिडेन्ट होटल’ संचालनमा ल्याउन लागेको छ। शनिबारदेखि औपचारिक रुपमा सेवा शुभारम्भ गर्न लागिएको यो होटल, काठमाडौंका विभिन्न स्थानमा सञ्चालन भइरहेका १५ वटा शाखापछि १६औँ शाखाको रुपमा लुम्बिनीमा विस्तार गरिएको हो। यसअघि चितवनमा पनि सेवा विस्तार गरेको छ ।
लुम्बिनीको महिलवार चोक, ५ नं. गेट माया देवी मन्दिर नजिकै सञ्चालन गरिएको होटलमा सुरुवाती चरणमै २५ वटा आकर्षक र सुविधासम्पन्न कोठाहरू उपलब्ध छन्। होटलले स्वच्छ वातावरण, नेपाली टिपिकल खानामा जोड र ग्राहकलाई सस्तो तथा गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ।
हाल प्रेसिडेन्ट ग्रुपमार्फत नेपालभर करिब ३५० जना युवाले रोजगारी पाएका छन्। तीमध्ये २८ जना अपाङगता भएका व्यक्तिहरूलाई समेत रोजगारी दिइएको छ। प्रेसिडेन्ट ग्रुपका अध्यक्ष शंकर भण्डारीका अनुसार व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै रोजगारमा समावेशीता र अवसर सृजना गर्दै आएका छौँ । प्रेसिडेन्ट होटलमार्फत ग्राहकलाई स्टार स्तरिको आवासीय सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ। प्रेसिडेन्ट सेकुवाको माध्यमबाट नेपाली मौलिक खानालाई सिग्नेचर डिशको रुपमा प्रवर्द्धन गरिने अध्यक्ष भण्डारीले बताए।
उनका अनुसार, “नेपाली खाना स्वाद मात्र नभई हाम्रो पहिचान पनि हो ।यसका लागी स्थानिय उत्पादनलाई प्रथामिक्ता दिने छौँ । त्यसैले हामीले पिज्जा वा बर्गरभन्दा मौलिक नेपाली खाना पस्किनेमार्फत हाम्रो मौलिकता जोगाइरहेका छौं।” साथै, पर्यटकको आवश्कता र आकर्षण अनुसार होटलमा भारतीय, चाइनिज, इटालियन, थाई र कन्टिनेन्टल परिकारसमेत उपलब्ध हुनेछन् र हाइजिन, क्वालिटी र क्वान्टिटीलाई प्राथमिकतामा राखि सेवा दिनेछौँ ।
सरसफाई अभियानमार्फत शुभारम्भ
होटल उद्घाटनको पूर्वसन्ध्यामा प्रेसिडेन्ट ग्रुपका सञ्चालक टोली, कर्मचारी तथा स्थानीय युवाको सहभागितामा लुम्बिनी क्षेत्रमा सरसफाई कार्यक्रम समेत गरिएको छ। अध्यक्ष भण्डारीले लुम्बिनी पर्यटकीय आकर्षणको केन्द्र भएकाले सरसफाईलाई प्राथमिकता दिनुपर्ने बताउँदै, प्रेसिडेन्ट ग्रुप सदैव पर्यटनमैत्री गतिविधिमा संलग्न रहने प्रतिबद्धता व्यक्त गरे।
लुम्बिनीमा नयाँ आउटलेट सञ्चालनमा आएसँगै पर्यटकलाई सुरक्षित, आरामदायी र नेपालीपन झल्किने आतिथ्य सेवा उपलब्ध हुने विश्वास गरिएको प्रेसिडेन्ट ग्रुपले अध्यक्ष भण्डारीले बताए । स्थानिय स्तरमा रोजगारी वृद्धि मात्र नभई स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको उनले बताए ।