ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

दाङको कोइलावासबाट ५ वर्षमा १ सय ११ जनाको उद्धार

१३ भाद्र २०८२, शुक्रबार
१३ भाद्र २०८२, शुक्रबार

लमही, १३ भदौ ।

दाङको नेपाल–भारत सीमा कोइलावास नाकाबाट शान्ति पुनर्स्थापना गृह कोइलावासले ५ वर्षमा १ सय ११ जना महिला तथा बालबालिकाहरूको उद्धार गर्न सफल भएको छ ।

मानव बेचबिखन तथा ओसारपसार र नियन्त्रण गर्ने अभियानका लागि २०७७ चैत ४ देखि स्थापना भएको सो संस्थाले स्थानीय सरकार र नेपाल प्रहरीसँगको समन्वय सहकार्यमा विभिन्न वाहानामा छिमेकी मुलुक भारतमा बेचबिखनमा परेका र भारततर्फ लैजाँदै गरेका नेपाली महिला तथा बालबालिकाहरूको उद्धार गरेको शान्ति पुनर्स्थापना गृह कोइलावासका परामर्शदाता सीमा जिसीले जानकारी दिइन् ।

शान्ति पुनर्स्थापना गृह कोइलावास कार्यालयको तथ्याङ्क अनुसार २०७७/०७८ मा १०४ जनालाई परामर्श प्रदान गरिएको र २ जनालाई उद्धार गरिएको, २०७८/०७९ मा १ हजार ५४ जनालाई परामर्श सेवा प्रदान गरिएको, २८ जनालाई उद्धार गरिएको, भारतबाट ३ जनाको उद्धार गरिएको र बेचबिखनमा संलग्न १ जनालाई मुद्दा चलाइएको छ ।

त्यसैगरी २०७९/०८० मा ७ सय ९५ जनालाई परामर्श सेवा प्रदान गरिएको, २३ जनालाई उद्धार गरिएको र १ जनालाई भारतबाट उद्धार गरिएको, २०८०/०८१ मा ७ सय ३१ जनालाई परामर्श सेवा प्रदान गरिएको २८ जनालाई उद्धार गरिएको र भारतबाट १ जनाको उद्धार गरिएको तथा १ जना अन्य संस्थाको जिम्मा लगाइएको पाइएको छ भने आर्थिक वर्ष २०८१/०८२ को असार मसान्ता सम्ममा ८ सय ७९ जनालाई परामर्श सेवा दिइएको छ ।

भने ३० जनालाई उद्धार गरिएको, भारतबाट १ जनालाई उद्धार गरिएको, १ जनाका विरुद्ध मुद्दा चलाइ १ जना अन्य संस्थाको जिम्मामा दिइएको तथ्याङ्क पाइएको छ ।  कोइलावासको कार्यालय मार्फत गत आव मा मात्र दाङका २० जना, प्युठानका २ जना र कपिलवस्तु, नवलपरासी, सुर्खेत, सङ्खुवासभा तथा दैलेखका १/१ जना तथा बलरामपुर र सिद्धार्थनगर भारतका ३ जना गरि ३० जनाको उद्धार गरिएको हो ।

शान्ति पुनर्स्थापना गृहको स्थापना भएपश्चात् पाँच वर्षमा कुल ३ हजार ५ सय ६३ जना महिला तथा बालबालिकाहरूलाई सचेतना परामर्श प्रदान गरिएको, १ सय ११ जनाको उद्धार गरिएको जसमध्ये ६ जना भारतमा बेचिएकाको उद्धार गरिएको २ जना अन्य संस्थाको जिम्मामा बुझाइएको र २ जना बेचबिखनमा संलग्नलाई मुद्दा चलाइएको छ ।

बिशेष गरि नेपाल भारत सीमासँग जोडिएका नेपालका ८ जिल्लाहरूमा यस संस्थाका शाखा कार्यालयहरू रहेका र केन्द्रीय कार्यालय भने ललितपुरको गोदावरीमा २०५० सालमा स्थापना गरिएको संस्थापक अध्यक्ष शान्ता सापकोटाले बताइन ।

जसमध्ये कैलाली, कपिलवस्तु, दाङ, ललितपुर, बाँके, बर्दिया, रुपन्देही, जनकपुर र कञ्चनपुर महेन्द्रनगरमा यसका कार्यालयहरू सञ्चालनमा रहेका केन्द्रीय अध्यक्ष शान्ता सापकोटाले जानकारी दिइन ।

जघन्य अपराधका रूपमा रहेको मानव बेचबिखन र ओसारपसार लाई नियन्त्रण गर्ने, बेचबिखनका कारक तत्त्वहरूलाई पहिचान गरी न्यूनीकरणका लागि सचेतना तथा परामर्श अभियानहरू सञ्चालन गर्दै आएको छ ।

बेचबिखनमा परेका महिला तथा बालबालिकाहरूको उद्धार गर्ने, सुरक्षित आवासको व्यवस्थापन गर्ने, कानुनी तथा मनोसामाजिक परामर्श प्रदान गर्ने, अभियुक्तहरूको खोजी गरी मुद्दा चलाउने गरिएको छ ।

उद्धार गरिएका नागरिकहरूलाई नेपाल प्रहरी, स्थानीय सरकार र सङ्घसंस्थाहरू सँगको समन्वयमा पारिवारिक पुनर्मिलन गराउने यस संस्थाको उद्देश्य रहेको राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले बताए ।

विशेषतः नेपाल भारत सीमा क्षेत्रका वर्डरहरूबाट महिला तथा बालबालिकाहरूलाई विभिन्न बहानामा भारतमा लैजाने र उनीहरूलाई बेचबिखन गर्ने क्रियाकलापलाई नियन्त्रण र निरुत्साहित गर्न यस संस्थाले सीमा क्षेत्रहरूमा माइती नेपालले जस्तै काम गर्दै आइरहेको छ ।

लुकिछिपी चोर बाटोबाट भारतमा वेचिएका महिला तथा बालबालिकाहरूको विभिन्न च्यानल मार्फत उद्धार गरी स्वदेश फिर्ता गर्न यस संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएकोले यसको अभियानलाई सार्थक बनाउन नेपाल सरकारका सरोकारवाला निकायहरू लगायत सबैको साथ सहयोग र सक्रियता आवश्यक रहेको गढवा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष अब्दुल खालिक सिद्दिकीले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?