ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

रुबी शाहको नियति कहिलेसम्म ?

१३ भाद्र २०८२, शुक्रबार
१३ भाद्र २०८२, शुक्रबार

रौतहटमा भएको रुबी शाहको हत्या प्रकरणले फेरी पनि नेपाली दिदी बहिनीहरू कति असुरक्षित छन् भन्ने पुष्टि गरेको छ । रुवि हत्याका आरोपी रौतहटको माधव नारायण नगरपालिका–६ बस्ने लक्ष्मण पासवानले हत्या गरेको स्वीकार गरेका छन् ।

यद्यपि उनी आफैले शरीरमा आगो लगाएपछि उनको समेत बुधबार मृत्यु भैसकेको छ । यो हत्याको घटनाले महिलाहरू प्रेमको नाममा, पारिवारिक समस्याको नाममा र अरू धेरै कारणले मृत्युको मुखमा पुग्न बाध्य भइरहेको देखिएको छ ।

मृत्यु अघि हत्याका आरोपी लक्ष्मणले आफू गरिब भएकै कारण रुबी र आफ्नो प्रेम रुबीको आमाले स्वीकार नगर्दा यो अवस्था आएको समेत बताएका छन् ।

वास्तवमा उनले भनेको कुरा सही हो भने परिवारले प्रेम अस्वीकार गर्दाको परिणाम कुन अवस्थामा पुग्छ र कस्तो नियति भोग्नुपर्छ भन्ने यो एउटा उदाहरण हो । यसअघि लक्ष्मण १४ वर्षअघि रुबीलाई अपहरण गरेर भारतमा लुकाएको आरोपमा पक्राउ परेका थिए ।

१४ वर्षकै उमेरमा रुबीलाई अपहरण गरेको भन्दै परिवारले दिएको अपहरण तथा शारीरिक बन्धक, मानव बेचबिखनमा मुद्दामा उनी १७ दिन हिरासत बसेर छुटेका थिए ।

लक्ष्मणको छातीमा र हातमा रुबीको ट्याटु देखिएकोले दुईबीच पहिलेदेखि नै गहिरो प्रेम रहेको पुष्टि हुन्छ तर साँचो प्रेमले निम्त्याएको बिछोड अत्यन्त पीडादायी भएको छ ।

लक्ष्मणले रुबीको हत्या गरि आफू पनि नबाँच्ने भन्दै शरीरमा आगो लगाएर देह त्याग गरेका छन् । परिवारले अस्वीकार गर्दा भएको यो ठूलो मानवीय क्षति हो भन्दा अत्युक्ति हुँदैन ।

यद्यपि हत्याको सवै कुरा बाहिर आईसकेको छैन् । समाजमा हुने यस प्रकारका कुनैपनि घटनामा महिला नै तारो हुनुपर्ने, उनीहरूलाई मृत्युको शिकार वनाइने वास्तवमै विडम्वनाको कुरा हो । नेपाली समाजमा यस प्रकारका घटना लगातार दोहोरिइरहेका छन् ।

यसअघि गत बर्षमात्रै अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको निर्मम तरिकाले हत्या भएको थियो । उनका श्रीमान नरेश भट्टले ममताको हत्या गरि शव लुकाएको त्यहाँको प्रहरीको अनुसन्धानपछि पत्ता लागेको थियो ।

नेपाली महिलाहरू अव नेपालमा मात्रै होइन मानव अधिकारको देश भनेर चिनिने अमेरिकामा पनि सुरक्षित छैनन भन्ने स्पष्ट भैसकेको छ । त्यसैगरी गत बर्ष नै गौरमा नवविवाहित युवतीको हत्या भएको घटना बाहिर आयो ।

चन्द्रनिगाहपुरमा गएको महिनामात्रै विवाहित महिलाको शव उनको घरमै फेला प¥यो । यी घटनाले के देखाएका छन् भने महिलाहरू अझैपनि सुरक्षित हुन सकेका छैनन् । उनीहरू सवैभन्दा बढी आफ्नै घरमा असुरक्षित रहेका छन् ।

खासगरि मधेशमा यो समस्या विकराल बन्दै गएको छ । मधेशमा अधिकांश चेलीबेटीको हत्यामा दाईजो जोडिने गरेको छ । यसरी नेपाली महिला चेलिबेटीमाथि जघन्य अपराधका घटना बढिरहेका छन् ।

अर्कोतर्फ पछिल्लोसमय विदेश गएका नेपाली युवतीहरू नेपालीहरूबाटै आक्रमण, दुव्र्यवहार र यौन शोषणको शिकार हुनुपरेको घटना क्रमशः बाहिर आउन थालेका छन् । अमेरिकामा भएको ममताको हत्या वा रौतहटमा रुबीको हत्या होस वा अरू हत्याका घटना नै किन नहोस, अपराधीलाई ढाकछोप गर्ने काम हुनु अर्को अपराध निम्त्याउनु हो ।

यसले नेपालीहरूमा चिन्ता थपिएको छ । नेपाली चेलीहरू विदेशमा मात्रै होइन, आफ्नै देशमा समेत असुरक्षित रहेको कुराले चिन्ता उत्पन्न भएको छ । ६ बर्ष अघि भएको निर्मला पन्तको हत्या पनि अझै रहस्यमय बनेको छ ।

अनुसन्धान जारी रहेको भन्दै प्रहरीले हत्या ढाकछोप गर्दै आएको छ । नेपालमा विगत ५–६ बर्षयता यस्ता अपराधजन्य घटना दिनहुँजसो सुन्नमा आईरहेका छन् । अतः सरकारले अव यस प्रकारका घटना नियन्त्रणमा अभियान चलाओस् । रुबी शाहको नियति अरू नेपाली चेलीले भोग्न नपरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?