ट्रेंडिंग:

>> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

कान्तिको ६९ औं वार्षिकोत्सव

२१ मंसिर २०७९, बुधबार
२१ मंसिर २०७९, बुधबार

बुटवल, २१ मंसिर ।

बुटवलकै पुरानो विद्यालय कान्ति माविमा ६९ औ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरु शुभारम्भ भएका छन । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुबीच खेलकुद, प्रतिभा प्रस्फुटनका कार्यक्रमहरु संचालन गरेको हो ।

मंसिर १७ गतेबाट शुरु भएको अतिरिक्त क्रियाकलाप अन्तरगत क्रिकेट प्रतियोगिताको उपाधि ब्यवस्थापन १२ बिहानी समूहले चुमेको छ । ब्यवस्थापन ११ दिवा समूहलाई ४ विकेटले पराजित गर्दै कक्षा १२ बिहानी समूहले उपाधि चुमेको हो ।

बुधबार भएको फाईनल खेलमा टस जितेर कक्षा ११ ले ब्याटिङ रोज्दै निर्धारित १० ओभरमा ८२ रनको लक्ष्य खडा गरेको थियो । मध्य लक्ष्य पछयाएको कक्षा १२ का ब्याटम्यानहरुले ९ ओभरमा केवल ६ बिकेट गुमाएर जित निकाल्यो । फाइनल खेलमा २४ रनसहित ४ विकेट लिन सफल अलराउण्डर कक्षा १२ का अर्जुन सापकोटा म्यान अफ सिरिजबाट पुरस्कृत भए । क्रिकेट प्रतियोगितामा विद्यालयका विभिन्न २४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

एक समारोहका बीच विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ, प्राचार्य गोविन्द ज्ञवाली, उपप्राचार्य पूर्णभद्र उपाध्याय, केदारनाथ ज्ञवाली, समूहगत संयोजक भानुभक्त भुसाल, डिल्लीप्रसाद बेल्बासे, विदुर पौडेल, राजन अर्याल, प्रतियोगिताका एम्पायर कृष्ण चँुदाली, सुदिप खनालले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरेका थिए ।

मंसिर १७ गतेबाट शुरु भएको सप्ताहब्यापी कार्यक्रममा छात्रछात्रा भलिबल, फुटबल, एथ्लेटिक्स, म्याराथान, टेबलटेनिस, ब्याडमिन्टन, कबड्डी लगायतका खेलकुदका साथै साहित्यिक र प्रतिभा प्रस्फुटनका कान्ति डान्स तथा गायन आईडल पुस १ गतेसम्म संचालन हुने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख महेश खनालले बताए । विद्यालयको वार्षिकोत्सव मूल समारोह पुस २ गते हुने उनले बताए । विद्यालयमा ५ हजार ५ सय विद्याथीहरु र २ सय शिक्षक, कर्मचारीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?