Butwal Today

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबिच शिष्टाचार भेट

१२ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, १२ भदौ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबिच शिष्टाचार भेटघाट भएको छ ।

भेटका अवसरमा नेपाल र चीन बिचका भन्सार नाकाहरू व्यवस्थापन, बाढीले क्षति पुर्‍याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरूको स्तरोन्नति, नेपाल चीनबिचको व्यापार, नेपाल र चीनबिच विगतमा भएका सहमतिहरूको कार्यान्वयन लगायतका विषयमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?