Butwal Today

डडेल्धुरामा जीप दुर्घटना : ४ जनाको मृत्यु, ६ यात्रु घाइते

१२ भाद्र २०८२, बिहीबार
अ+
अ-

बुटवल, १२ भदौ ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को चौडमा आज बिहान जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ यात्रु घाइते भएका छन् ।

उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा-५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा-५ बस्ने १८ वर्षीया सुशीला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, जीप चालक ३५ वर्षीय रामबहादुर साउदसहित अन्य दुई जना रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सुशीला विक र चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?