© २०२३
चान्द्र महिना अनुसारको श्रावण महिनाको शुक्लपक्षको पूर्णिमा तिथिमा पर्ने महत्वपूर्ण पर्व हो ऋषितर्पणी । व्यवहारमा हामीले यस पर्वलाई रक्षाबन्धन, जनै पूर्णिमा एवम् डोरो बान्ने पुन्नु भनेर पनि जान्ने गर्दछौँ ।
यस पर्वका दिन हामीले श्रावणी कर्मका साथ ती हाम्रा पूर्वज ऋषिहरूलाई सम्झने गर्दछौँ । हाम्रा ती ऋषीहरू जसले ठूलो तपस्या र साधना गरी हामीलाई हाम्रो भौतिक एवम् आध्यात्मिक जीवनशैलीलाई सहज बनाइदिए ।
उनीहरूले गरेको कर्मप्रति नतमस्तक हुन्छौँ र उनीहरूलाई अरू केही दिन नसकेतापनि जलको तर्पण र आराधना गरेर धन्यवाद दिन्छौँ । हामीले अञ्जानमा गरेका गल्तीहरूप्रति उनीहरूसँग क्षमायाचना गर्दै पुनः ती गल्ती नदोहो¥याउने प्रण पनि गर्छौँ ।
यी कर्महरू गर्दा, भौतिक दर्शनका हिसाबले मात्र सोच्यौँ भने पनि हामीले नगर्न पर्ने केही गरेनौँ । हामीलाई भलो गरेका पूर्वजहरूप्रति धन्यवाद ज्ञापन गर्यौँ । अझ आध्यात्मिक तरिकाले नै विचार ग¥र्यौँ भने त हामीले अनिवार्य रूपमा गर्नुपर्ने कर्म ग¥र्यौँ ।
संसारलाई प्राकृतिक नियमले राम्रोसँग चलाउनका लागि गरिने यज्ञ आदि कर्म गर्नका लागि आफुलाई योग्य बनाउने काम ग¥र्यौँ । रक्षासूत्र रूपी कवचको बन्धन बाँध्दै आत्मा र मनलाई अझै बलियो तुल्याउने कार्य ग¥र्यौँ ।
पुरुषहरूले श्रावण शुक्ल पूर्णिमाका दिन ती ऋषिमुनीहरूलाई सम्झेजस्तै भाद्र महिनाको शुक्लपक्षको पञ्चमी तिथि अर्थात् ऋषिपञ्चमीको दिन हाम्रा आमा, दिदी, बहिनीहरूले शास्त्रोक्त विधिले ऋषिपूजन गर्ने दिन हो । पुरुषहरूले जस्तै उहाँहरूले पनि यस दिन ऋषि र देवतासँग अन्जानमा गरेका गल्तीको माफी माग्दै पुनः त्यस्ता गल्ती नदोहो¥याउने प्रण गर्ने दिन हो ।
पुरुषहरूले जस्तै विधिपूर्वक पूर्वज ऋषिहरूको आराधना गर्ने दिन हो । यसै प्रसङ्गमा कुनै महापण्डितहरूले प्रश्न गर्न सक्छन् मैले त केही गल्ती गरेकै छैन, किन माफी माग्नु प¥यो र ? तर त्यसो होइन । नदीभित्र डुबुल्की मारेपछि म भिजेको छैन भन्नु र यो संसाररूपी भवचक्रमा आइसकेपछि मैले पाप गरेको छैन भन्नु एकै किसिमका मूर्खतापूर्ण कुरा हुन् ।
यसरी ऋषिमुनीहरूका सन्तान हामीले मनाउने पर्वका बारेमा विशेषत धर्म निरपेक्ष राष्ट्र बनिसकेपछि अनावश्यक तरिकाले उडाउने गिल्लाउने गरिएको छ । हिँजो अस्तिको गोरखापत्र र कान्तिपुरमा हाम्रा यी महत्वपूर्ण पर्वहरूका बारेमा नकारात्मक तरिकाले उडाउने काम भएको छ ।
जब जब हाम्रा पर्वहरू आउँदछन् अनि हाम्रा कुराहरूलाई असर पर्ने हिसाबले लेख्ने गरिन्छ । उनीहरूले गिल्लाएर के गर्ने ? हामी ऋषिका सन्तानले ऋषिको पूजन त गर्ने हो । उनीहरू जो आफुलाई बाँदरका सन्तान हुँ भन्छन् उनीहरूले त्यही बानर बुद्धि गराएर बसुन् ।
सिसी पुजनमै उनीहरूको समय वितोस् । यत्रावेद, उपवेद, पुराण, उपनिषद्, काव्य कहाँ गए ? उनीहरूले पढ्न त के, हेरेर पनि यो जुनीमा भ्याउँदैनन् । हाम्रा वैदिक वैज्ञानिक धर्मलाई गाली गर्न राक्षस बुद्धि भएकाहरूले लेखेका कु ग्रन्थहरू पढ्छन् । बुद्धि विगार्छन् ।
जन्मिएको धर्तीलाई त गाली गर्छन् गर्छन्, अझ पूर्वज ऋषि मुनीहरूलाई पनि गाली गर्छन् । बाउलाई गाली गर्छन् । आमालाई गाली गर्छन् । अन्त्यमा पैसा आउने भयो भने मातृभूमिलाई पनि बेचिदिन्छन् । दुई चार जना महामूर्खहरूले क्या बात, क्या बात भन्दैमा उनीहरू विद्वान् हुने त पक्कै होइनन् । तरपनि टपरटुइयाँ पनि हुन्छ, मूर्खमध्ये प्रतिष्ठित जस्तै भएर बस्ने त हुन् ।
आज यी अनावश्यक वेतुकका कुरा गरेर हाम्रा पर्वका बेला बदनाम गर्न खोज्नेहरू भोलि मिन्स भएको समयमापनि देवालय जान पाउनुपर्छ भनेर कुर्लने नै हुन् । यिनलाई अरू दिन भगवान्प्रति आस्था जाग्दैन । अनि मिन्स भएका बेलामा आस्था जाग्छ ।
यिनीहरूलाई उचाल्नेहरू फेरी आफ्ना पत्नीहरूलाई कमसेकम महिनामा तीन दिन आराम दिन सक्दैनन् । रजस्वलाको वेला धेरै कमजोरी भएका महिलामाथि गिद्धे दृष्टि दिँदै पशु कर्म गर्न नपाएर छटपटी भएको छ ।
त्यो बेला रेष्ट गराउन भन्दापनि तिनै विचरा महिलालाई कमजोरी वेलामा पनि दलाएर बाहिर बाहिर महिला अधिकारकर्मी बनेर रहेका हुन्छन् ।
पुराणको लाक्षणिक अर्थ जतापनि खाने, जे पनि खाने, पशु बुद्धि गरेर हिँड्ने, मनलाई नियन्त्रण गर्न नसक्नेले बुझ्नै सक्दैनन् ।
यिनको अर्थ सम्झन आचारित भएर श्रद्धाले अध्ययन गर्नुपर्छ । विना श्रद्धा र विना प्रेमले आचारहिन भएर पढियो भने वेदभित्रपनि गाइको मासु खाने कुरा देखिन्छ । अर्थको अनर्थ देखिन्छ । न भएका कुरा ग¥यो, समाज भाँड्यो आफू भाँडियो । अनि इदं भ्रष्टम् उदम् भ्रष्टम् ।
कहिलेकाहिँ त हाम्रा बाबु आमाले पनि गाली गर्दा गधा, डाँका भन्नुहुन्छ । उहाँहरूले गधा डाँका भनेको त त्यसो न हो भनेको पो हो । यस्तो प्रतीकात्मक कुरो नबुझेर हामी के भोली तिनै बाबु आमालाई गाली गर्दै हिँड्ने ? राष्ट्र गुरु योगी नरहरिनाथका भाषा सापटी लिएर भन्दा– “वाँदरका सन्तानले त दिदीबहिनी र पत्नीमा समान देख्छन् ।
त्यस्ता वाँदररूपी पशुलाई मानव बनाउने, मानवलाई महामानव र महामानवलाई ईश्वर बनाउने धर्म हो वैदिक धर्म । यस्ता गौहत्यारा वेन, महिषासुरहरू सत्ययुगमा पनि जन्मिएका थिए । त्रेतायुगमा पनि हिरण्य कश्युपु र होलिकाको रूपमा थिए ।
द्वापर युगमा कंश र पुतनाका रूपमा थिए । सम्पूर्ण लोकको कल्याणका लागि यज्ञ याज्ञादि गर्ने ऋषि मुनीहरूलाई त्यतिखेर पनि दुःख दिन्थे । त्यतिखेर पनि गौ हत्याराहरू थिए । यज्ञको विध्वंश पारी ऋषिमुनीहरूलाई दुःख दिनु उनीहरूको धर्म थियो ।
त्यसकारणले ती वेनका सन्तान अहिलेको युगमा पनि हुनु नौलो कुरो होइन । ‘यावत् जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिवेत्’ भन्दै अहिले पनि लुटमा रमाएका छन् । धर्मरूपी अनुशासनमा छैनन् ।
लुटेरै खाने हो मरेर खरानी भएपछि केका पाप, केका धर्म भन्नेहरूको बोलवाला छ । यी सिसीमुनी आततायीहरूको व्यवहार देखेर उहाँले सधैँ भन्नुहुन्थ्यो –
ऋषिमुनी हुनुपर्ने विश्वमा आजकाल
सिसीमुनी हुन थाले हेर कस्तो छ चाल ।।
यस्ता नराधमहरूको कुरा सुन्ने पनि होइन । हामी ऋषि मुनीहरूकै सन्तान हौँ । भगवानका सन्तान हौँ । हामीले हाम्रा पूर्वजहरूलाई सम्झनु, आराधना गर्नु हाम्रो धर्म हो । नगर्नेले न गर्दा हुन्छ । कसैले गर पनि भन्दैनन् । तर हाम्रो मौलिक अधिकार माथि त्यस्ता नरपशुहरूले दोष लगाउनु भनेको शिशुपालले कृष्णलाई गाली गरेजस्तै हो । हामी ‘ईशावास्यामिदं सर्वं यत् किञ्चजगत्याञ्जगत् ।
तेनत्यक्तेन भुञ्जीथामागृधः कस्य स्विद् धनम्’ अर्थात् ‘यो जगत् सबैतिर ईश्वरले वास गरेको छ । तिनै ईश्वरले दिएका वस्तुको उपभोग गर, अरू कसैको चल अचल धनमा गिद्धका आँखा नगाड, लोभ न गर’ सिद्धान्तमा अडिग छौँ । हामी कृतघ्न हुन जान्दैनौँ ।
हामी कोही कसैप्रति पनि कृतज्ञ हुनुपर्छ । उही थालमा खाएर उही थालमा थुक्ने हाम्रो धर्म होइन । आमा रोगी भइन् भने गाली गर्दै हिँड्ने र अन्त्यमा अरूकी आमालाई आमा भन्दै हिँड्ने जामित्रे बन्ने होइन । तिनलाई उपचार गर्ने हो ।
तपोभूमि, ज्ञानभूमि, शिवभूमि, बुद्धभूमि अन्तर्गतको यो ऋषिमुनीहरूको क्षेत्रमा यी सिसीमुनीहरूको प्रकोपले हामीलाई कत्तिपनि छुनु हुँदैन । हामीले हाम्रो असल कर्मद्वारा ती सिसीमुनीहरूलाई परास्त गर्नुपर्दछ ।