© २०२३
काठमाडौं, ११ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कहालीलाग्दो लोडसेडिङ अन्त्य हुनु कुनै प्राविधिक हस्तक्षेपको परिणाम नभई, राजनीतिक नेतृत्वको दूरदृष्टि र संकल्पको उपलब्धि भएको स्पष्ट पारेका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद २०८२’ मा बोल्दै प्रचण्डले लोडसेडिङ अन्त्यको सम्पूर्ण श्रेय एक्ला प्राविधिक व्यक्तिलाई दिनु न्यायसंगत नहुने जिकिर गरे । उनले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको नाम नलिईकन, नागरिकस्तरमा प्राविधिक नेतृत्वलाई मात्र जस दिन गरिएको प्रचारप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले लोडसेडिङ अन्त्यको पृष्ठभूमिमा आफ्नो नेतृत्वमा बनेका सरकारहरूको योगदान उल्लेख गर्दै भिजनबिना कुनै प्राविधिकले यस्तो परिवर्तन सम्भव गर्न नसक्ने दोहोर्याए ।
प्रचण्डले बंगलादेश र भारतसँग ऊर्जा व्यापार विस्तारका लागि आफ्नै पहलमा पटक–पटक प्रयास भएको उल्लेख गरे ।
साथै, ऊर्जा क्षेत्रको सफलता सामूहिक पहल र दीर्घकालीन रणनीतिक दृष्टिकोणको परिणाम हो भन्ने तर्क उनले प्रस्तुत गरेका छन् ।