ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

‘इश्वरीय विश्वविद्यालयको महाअभियान’

९ भाद्र २०८२, सोमबार
९ भाद्र २०८२, सोमबार

ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले विगतदेखि नै नेपालको सामाजिक सांस्कृतिक क्षेत्रमा ठूलो योगदान गर्दै आएको छ । पछिल्लोसमय उसको योगदान त्यसभन्दा माथि उठेर महा अभियानसम्म पुगेको छ । ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयलले नेपालको आध्यात्मिक क्षेत्रमा पु¥याएको योगदान कहिल्यै विर्सन नसकिने छ । पछिल्लोसमय उसको भूमिका रगत नपाएर मृत्युको मुखमा पुग्नुपर्ने विरामी बचाउने अभियानमा जोडिएको छ । यो ऐतिहासिक एवं सामाजिक उत्तरदायित्वको अभियान सुरु गरेर ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय धन्यबादको भागिदार वनेको छ । ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय र त्यस मातहतका संस्थाहरूले अहिले रक्तदानको अभियान नै सञ्चालन गरिरहेको छ । यो अत्यन्त पवित्र अभियानमा देशका धेरै युवा जोडिएका छन । ‘तपाईको एक थोपा रगतले नयाँ जीवनको आशा जगाउन सक्छ, मानवताको सेवा नै सवैभन्दा ठूलो धर्म हो’ भन्ने नाराका साथ ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले युवालक्षित कार्यक्रम पनि गर्दै आएको छ । युवालाई कुलतबाट मुक्ति दिलाउने अभियानमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयको योगदान अत्यन्त महत्वपूर्ण छ । त्यसमा पनि पछिल्लोपटक रक्तदानमा युवालाई आकर्षित गर्न सक्नु र यो अभियान भब्यताका साथ सफल हुनु अत्यन्त सकारात्मक कार्य हो । ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयको यो कदमको जति नै सराहना र प्रशंसा गरेपनि त्यो कम हुन्छ । अहिले देशका विभिन्न स्थानमा सुरु गरेको रक्तदान अभियानले युवाहरूमा एकखालको सकारात्मक सन्देश गएको छ । युवाहरू विकृति विसंगतिमा होइन, यस्तै समाज विकासको काममा जोडिनुपर्दछ भन्ने यो अभियानको उद्देश्य हो ।

जेहोस अहिलेसम्म आफ्नो एउटै भूमिका र काममा समर्पित ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले समाज रूपान्तरण तथा रगत नपाएर कसैको पनि मृत्यु नहोस भन्ने जुन पवित्र उद्देश्यले रक्तदान महाअभियानमा जोडिएको छ, त्यो सराहना र प्रशंसनीय काम हो । त्यसैपनि अस्पतालहरूमा अहिले रगतको चरम अभाव छ । ब्लडबैंकमा जाँदा विरामीले रगत नपाउने अवस्था छ । विभिन्न संघ संस्थाहरूले रक्तदान कार्यक्रम गरिरहेका छन, तरपनि रगतको अभाव हुँदै आएको छ । पश्चिम तराईमा अहिले गर्मी बढेसंगै सरकारी तथा नीजि अस्पतालहरूमा विरामीको अत्याधिक चाप छ । बिरामीहरूको चाप बढ्दा रगतको अभाव देखिएको छ । नेपालगंज, चितवन, दाङ र बुटवलमै पनि रगत अभाव भन्दै बेलाबेलामा आकस्मिक रक्तदान कार्यक्रम गरिदै आईएको छ ।

यसमा नेपाल स्वयंसेवी रक्तदाता समाजको भूमिका अत्यन्त महत्वपूर्ण छ । त्यसमा पछिल्लोपटक ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय समेत थपिएको छ । रगतको अभावलाई कम गर्न विभिन्न संघ संस्थाहरूले रक्तदान कार्यक्रमलाई निरन्तरता दिईरहेका छन । रगतको अभावमा कोही कसैको पनि मृत्यु नहोस् भन्ने पवित्र उद्देश्यले ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले रक्तदान महाअभियान सञ्चालन गरेको छ । नेपाल रेडक्रस सोसाईटी विगत बर्षौदेखि रक्तदानको अभियानमा संलग्न छ । त्यसमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय सारथी बन्न आईपुगेको छ । रेडक्रस सोसाईटीले रक्तदान प्रकृयामा खेलेको भूमिकाको जति नै प्रशंसा गरेपनि कम हुन्छ । पछिल्लोपटक रेडक्रस र नेपाल स्वयंसेवी रक्तदाता समाजसंगै जोडिन आईपुगेको छ– ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय पनि ।

सवैको उद्देश्य महान छ । ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले यो अभियान एक दिन दुईदिन र एक बर्ष दुई बर्षमात्रै होइन, सधै सञ्चालन गर्ने अठोट गरोस् । वास्तवमा जीवन तबसम्म रहन्छ, जबसम्म रक्तसञ्चार भइरहन्छ । त्यसैले जीवन–मरणको चरणमा रगत सवैभन्दा महत्वपूर्ण छ । यही रगतको अभावमा विरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने मानवीय भावना जागृत गर्नु जरुरी छ । मानवीय नाताले पनि रक्तदान जीवन दान सम्झेर रक्तदान गर्नु सवैको कर्तब्य हो । जेहोस पछिल्लोसमय ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयको रक्तदान महाअभियान कुनै एक दिवस वा अवसरको रूपमा मात्रै नभै रगत नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाका विरामीका लागि बरदान सावित बनोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?