© 2026
नवलपरासी, ८ भदौ ।
भारतीय होचो प्रवेशद्वार (गेट) र नेपालको होचो पुलले भन्सारलाई राजस्वको लक्ष्य प्राप्तीलाई प्रभावित पारिरहेको महेशपुर भन्सारले जनाएको छ । सो नाकामा रहेको भारतीय ठूठीबारी बजारको गेट र भन्सारबाट नेपाल प्रवेश गर्ने महेशपुर—परासी—सुनवल सडकमा पर्ने भक्सिपुरको होचो पुलले ठूला सवारीसाधनमा लोड गरि आउन नसक्ने हुँदा त्यसको असर कम भन्सार उठ्ने भन्सार कार्यालयले जनाएको हो ।
छोटी भन्सार भएकै बेला पुल र गेट दुबै बनेको संरचना ठूलो भन्सार भएको ५ बर्ष बित्दा पनि संरचनाको स्तरोन्नती नहँुदा भन्सारलाई असर पारेको भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बताए । ‘भारतबाट आउने ठूला र अग्लो मालवाहक सवारीसाधनलाई पहिला भारतको गेटले नै छेक्छ,’ उनले भने । कतैबाट प्रवेश गरि नै हाल्यो भने नेपालको झरहीखोला भक्सिपुरको होचो पुल भएर ती गाडी जान नसक्ने अवस्था देखाउँदै धेरै ब्यापारीहरूले गुनासो गर्ने गरेको उनले सुनाए । भन्सारको आन्तरिक कारणमा प्लान्ट क्वारेन्टाईन, जनशतिको उपलब्धता, भन्सारको आफ्नै कम जग्गा, गोदाम, पार्कि· स्थल लगायतका चुनौती तँ छदैछ । बाह्रय कारण पनि भारतीय होचो गेट र नेपाली होचो पुल पनि भन्सारको बाधकको रूपमा देखिएको उनको भनाइ थियो ।
‘स–साना गाडीले मात्रै ठूलो मात्रामा भन्सार उठाउन गाह्रो कार्य नै हो,’ उनले भने–‘दुरीको हिसाबले महेशपुर भन्सार नाका सुनौली नाका भन्दा भारत–गोरखपुरदेखि नजिक हो, तर संरचनागत समस्याले भन्सारले राजस्व उठाउनमा गति लिन सकिरहेको छैन् ।’ उनले विगतमा भएका घटना सुनाउँदै भने, भारतबाट ठूलो गाडी माल लोड गरि लिएर आउँदा भारतको भन्सार नजिकै रहेको होचो गेटमै अड्कियो । गाडीको हावा फुस्काएर होचो बनाई कठिनाईका साथ गेट प्रवेश गराइएको थियो ।
त्यसैगरि नेपाली होचो पुलमा आउँदा उक्त गाडीको बीचको पाँग्राले भुई नै छोडिदियो, पुलमै गाडी अड्कियो, यस्ता समस्या किन बनाइएको होला उनले आश्चर्य ब्यक्त गर्दै भने संरचनामा समान्य ध्यान नदिदा पछि गएर सुविधान पुयाउने संरचना समस्या पनि ल्याईदिने गरेको छ । गेट र पुल दुबै संरचना बलियो छ, तर माल ढुवानी गर्ने ठूला बाहनलाई बाधक भएको कुरा उनले सुनाए । भन्सार कार्यालयका अनुसार अहिले बर्षेनी भन्सार राजस्व कम हुँदै गएको छ । त्यसमा पनि चालु आर्थिक बर्षमा लिइएको लक्ष्य अनुसार पनि साउन महिनामा भन्सार असुली कम भएको तथ्याँकले देखाएको छ । तथ्याँक अनुसार साउन महिनामा डेढ करोड राजस्व संकलन गर्नेलक्ष्य थियो,तर साउन महिनामा १ करोड ६४ हजार ५ सय ७९ रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
विगत चार बर्षको राजस्व असुली तथ्याँक निरन्तर घटने अवस्था देखाउँछ । आर्थिक बर्ष २०७८/०७९ को लक्ष्य ४५ करोड थियो । लक्ष्य अनुसार असुली नभएपछि लक्ष्य घटाएर आर्थिक बर्ष २०७९/०८० मा ३३ करोड भयो, तर पनि लक्ष्य नभेटिदा आर्थिक बर्ष २०८०/०८१ मा लक्ष्य १६ करोडमा झारियो, तर पनि लक्ष्य भेटिएन, जुन आर्थिक बर्ष २०८१/०८२ मा १५ करोडमा ल्याइएको थियो । तर पनि लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन । यो बर्षको शुरुकै महिनामा लक्ष्य अनुसार राजस्व नउठेको भन्सार कार्यालयले जनाएको छ ।
होचो पुल अग्लो बनाउने चुनावी बेला कुरा पनि उठ्ने गर्छ, तर चुनाव सकिएपछि कुरा उठाउने ब्यति नै त्यसबाट तर्किने अवस्था भएको स्थानीय जितेन्द्र गुप्ताले बताए । ‘यो समस्या सरकारलाई थाहा नभएको पनि होईन, तर किन काम गरिएको छैन्,’ उनले आश्चर्य ब्यक्त गर्दै भने–‘जुन जोगी आएपनि कानै चिरेका भन्ने उखान सरह नै यो पुल अग्लो बनाउने जुनसुकै नेता आएपनि काम उस्तै बनेको छ ।’ भारतको होचो गेट भत्काएर अग्लो बनाउने कुरा भारतीय ब्यापारीले पनि बर्षांै देखि उठाएका छन् । तर उताबाट पनि काम हुन सकिरहेको छैन । होचो पुल र होचो गेटसँगै अहिले सडक फराकिलो बनाउने कार्यले पनि भन्सारलाई बाधा पु¥याएको स्थानीय लक्ष्मी हरिजनले बताए ।
उनका अनुसार जिल्लाको महेशपुर नाका जोड्ने महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती गर्ने निर्माण कार्यको दोश्रो पटक म्याद थपिँदा पनि काम सम्पन्न हुन सकेको छैन् । सोही सडकको अहिले फेरी मंसिर महिनासम्म म्याद थप गएिको भए पनि काममा ढिलाई भई रहेको हुँदा थपिएको म्याद भित्रमा पनि काम सम्पन्न हुनेमा स्थानियले आशंका गर्न थालेका हुन् । सडकको अवस्था विगत भन्दा दयनिय बन्दै गएको छ । बरु सडक स्तरोन्नतीको ठेक्का नहुँदा बर्षेनी सडक मर्मत हुदै आएको थियो, त्यसले गर्दा खाल्टाखुल्टी पुरिदै जान्थ्यो । तर अहिले ठेक्कामा परेको हुँदा त्यो सडकको मर्मत समेत रोकिएको छ । निर्माण ढिलाई भइरहेको छ । भन्सार राजस्वमा सडक पनि एउटा कारक बनेको दाबी उनको थियो ।
‘साँसद फेरिए तर पुल जस्ताको त्यस्तै छ,’ उनले भने, जनताले पुलको अवस्था फेरिन्छ, भनेर सो क्षेत्रका साँसद पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेललाई हराउँदै पूर्व आईजिपि तथा राप्रपाका नेता धु्रव बहादुर प्रधानलाई जिताउँदै नेता फेरे, तर सडक र पुल फेरिएन, यसले जनतामा निरासा छाएको छ ।’
नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात विभागको सडक डिभिजन कार्यालय बुटवलले सो सडकको महेपुर बजारदेखि हरपुर बजारसम्मको खण्डलाई २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ भ्याट सहितको रकममा ठेक्का लगाएको थियो । उक्त ठेक्काको काम गौरीशंकर हिमालयन निर्माण प्रालिले २०८० साल बैशाख २६ गते सम्झौता गरि २०८१ असोज २६ गते भित्र सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो । त्यसपछि २०८२ असार मासन्तसम्मको दोश्रो म्याद थप्यो । अहिले २०८२ मंसिरसम्मको म्याद थपेको छ । तर अहिले सडकका थुप्रै काम पनि पूर्ण भएका छैनन् ।