ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु
२०७१ सालदेखि लगातार पहिरोपछि झंकी र फुलिवन गाउँका ४३ घर प्रभावित बनेका थिए । लुम्बिनी प्रदेश सरकारको करिब १५ करोड बजेट लागतमा आर्थिक वर्ष २०७६÷०७७ मा बस्ती समेत स्थानान्तरण गरिएको थियो । नयाँ स्थानान्तरण गरेको बस्तीमा समेत पहिरो जाँदा बस्ती पुनः जोखिममा परेको छ ।

पहिरोको डरले निदाउँदैनन् फुलिवनबासी

९ भाद्र २०८२, सोमबार
९ भाद्र २०८२, सोमबार

रोल्पा, ८ भदौ ।
जिल्लाको सुनछहरी गाउँपालिका–१ सेरमको फुलिवन पहिरोका कारण यहाँका वासिन्दाहरूले सास्ती भोग्ने गरेका छन् । बर्षातको समयमा लामो समयसम्म पर्ने झरीले यहाँका स्थानीयहरूलाई न राम्रोसँग सुत्न दिन्छ न त आवतजावत गर्न नै ।

पहिरोका कारण झंकी गाउँ उच्च जोखिममा रहेको छ । पहिरोले सुलिचौर–थवाङ सडक समेत समय समयमा प्रभावित हुने गरेको छ । पहिरो २०७१ सालदेखि लगातार गएपछि झंकी र फुलिवन गाउँका ४३ घर प्रभावित बनेका थिए । लुम्बिनी प्रदेश सरकारको करिब १५ करोड बजेट लागतमा आर्थिक वर्ष २०७६÷०७७ मा बस्ती समेत स्थानान्तरण गरिएको थियो । रोल्पाको सुनछहरी गाउँपालिका–१ झंकीधारामा एकीकृत बस्ती नामकरण गरी बस्ती स्थानान्तरण गरिएको स्थानीय जुनिषकुमार विष्टले जानकारी दिए । नयाँ बस्तीमा समेत पहिरो जाँदा ४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए भने थप ५ घर समेत उच्च जोखिममा रहेका थिए ।

सो एकीकृत बस्तीमा ४० वटा नयाँ घर निर्माण गरिएको थियो । नवनिर्मित ४० मध्ये चार घर बर्सातमा पहिरो गई क्षतिग्रस्त भएका थिए भने ५ घर उच्च जोखिममा रहेका छन् । बाँकी घर समेत पहिरोको जोखिममा रहेको बताईन्छ । साबिक सेरम गाविस वडा ५ मा रहेका १०५ घरधुरीमध्ये ४० घर पहिरोको उच्च जोखिममा परेका थिए ।

गाउँपालिकाको पहल र लुम्बिनी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पछि मुख्यमन्त्री समेत भएका कुलप्रसाद केसीको सहजीकरणमा बस्ती स्थानान्तरण योजना अघि बढेको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा बस्ती स्थानान्तरण गर्ने गरी आर्थिक वर्ष २०७५/७६ मा डिपिआर तयार गरिएको थियो । एकीकृत नयाँ बस्तीमा संरचना निर्माणको काम भने आर्थिक वर्ष २०७६/०७७ मा सुरु भएको हो । एकीकृत बस्तीमा संरचना निर्माणको काम चलिरहेको वेला वस्तीका करिब १ दर्जन घर पहिरोबाट प्रभावित भएका थिए ।

तत्कालीन मन्त्री केसीसहितको जनप्रतिनिधिहरूको एक टोली र मन्त्रालयका तत्कालिन सचिव शंकर खरेल नेतृत्वको अर्को टोलीले समेत स्थलगत अवलोकन गरेको थियो । सो टोलीमा परामर्शदाताको रूपमा भूगर्भविद्समेत संलग्न थिए । टोलीले अध्ययनका क्रममा प्रस्तावित नयाँ बस्ती अन्य क्षेत्रको तुलनामा सुरक्षित रहेको निष्कर्ष निकाले पछि लुम्बिनी प्रदेश सरकार त्यहाँ बस्ती बसाल्ने निश्कर्षमा पुगेको थियो । त्यसपछि मन्त्रालयले बस्ती स्थानान्तरणका लागि बजेट विनियोजन गरेको थियो ।

मन्त्रालयको टोलीले बस्ती स्थानान्तरणका लागि स्थान ठिक रहेको भनेपछि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठित सहजीकरण समिति र पहिरो प्रभावितहरूको सहमतिमा सो स्थानमा एकीकृत बस्ती विकासको काम अगाडि बढाइएको थियो ।

एकीकृत बस्तीमा घर र शौचालय निर्माणका लागि उनीहरूको खातामा प्रदेश सरकारबाट प्रति घर रु. तीन लाख ५० हजारका दरले बजेट विनियोजन भएको थियो । खानेपानी, सडक, विद्यालय र सामुदायिक भवन भने ठेक्कापट्टाबाट निर्माण भएको स्थानीय विष्टले जानकारी दिए । योजनाको कुल लागत १५ करोड रूपैयाँ रहेको थियो । सो बजेट मध्ये ४० वटा भवनका लागि एक करोड ४० लाख, तटबन्धनका लागि दुई करोड, खानेपानी योजनाका लागि तीन करोड, सडकका लागि पाँच करोड रुपियाँको काम भइसकेको थियो । तटबन्धका लागि थप रकम ३० लाख र विद्यालय एवं सामुदायिक भवन निर्माणको पाँच करोड रुपियाँको काम भएको थियो । बाढी पहिरो तथा अन्य विपदबाट सुरक्षित रहन बस्तीको मझगाउँमा सामुदायिक भवनसमेत निर्माण गरिएको छ । विपत्को समयमा आश्रय दिने उद्देश्यले उक्त सामुदायिक भवन निर्माण गरिएको बताईन्छ ।

पेघाधारा, दाङवासा र वाछेम गरी तीन क्लष्टर बनाएर बस्ती स्थानान्तरण गरिएको छ । ती क्लष्टरमा जग्गा हुनेले त्यसैमा घर निर्माण गर्ने र जग्गा नहुनेले घडेरी किनेर घर बनाएका थिए । एकीकृत बस्ती बन्ने भनेपछि जग्गाको भाउ एक्कासि बढ्दा घडेरी नहुनेहरूले महँगो मूल्यमा घडेरी किन्न वाध्य भएका थिए । ८/१० हजारमा घडेरी पाइने गरेकोमा बस्ती वस्ने भएपछि घडेरीको मूल्य ६० हजार रूपैयाँमा सम्म परेको स्थानीय रणे घर्तीले बताए ।
सुलिचौरबाट थवाङ जोड्ने सडकको फुलिवन खण्डलाई २०७३ सालपछि चौडा गर्ने तथा शाखा सडक बनाउने नाममा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी डोजरको जथाभावी प्रयोग गरियो । सोही कारण सो क्षेत्रमा पहिरो जान थालेको स्थानीयबासीको भनाइ छ । सडक खन्नु पूर्व त्यस क्षेत्रमा पहिरोको खासै जोखिम नभएपनि सडकले पहिरोको जोखिम निम्त्याएको स्थानीयहरूको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?