© २०२३
बुटवल, ८ भदौ ।
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान क्युस्यु क्षेत्रिय समितिले देविनगरस्थित नेपाल अपाङ्ग आश्रमका आश्रितलाई तीजको दर खुवाएको छ ।
एनआरएन जापानका सदस्य सुर्य कुवँरको सहयोगमा बुटवलको देविनगरमा आश्रितहरुलाई तीजको दर खुवाएको हो । जापानमा रोजगारमा रहेका बुटवलका कुवँरबाट भएको सहयोग युवा अगुवा किशन थापाको समन्वयमा खाना खुवाउने कार्यक्रम गरिएको हो । सबैको घरदैलोमा चाड आउदा आश्रममा बसोबास गरेका दिदीबैनीहरुलाई पनि एक छाक मिठोमसिनो खुवाउने गरि कार्यक्रम गरिएको थापाले बताए ।

कार्यक्रममा बुटवल युवाहरु गोबिन्द गुरुङ, बारिस राना, सुनिल गुरुङ, बिराट भट्टचन, सुबिन श्रेष्ठ, प्रताप ठकुरी, केशव थापाले खाना खुवाउन सहजिकरण गरेका थिए । आश्रममा हाल ४० जना आश्रित रहेका छन । उनिहरु पुजामा उपयोगी अगरबत्ती तथा घरेलु सरसफाईका सामग्रीहरु लगायत दैनिक उपयोगी सामनहरु उत्पादन गर्दै आएका छन ।