ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

८ भाद्र २०८२, आइतबार
८ भाद्र २०८२, आइतबार

बुटवल ।

पश्चिम तराईका थारु समुदायले आइतबार (आज) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।

घोराही उपमहानगरपालिका–१७ का थारु अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ। हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्”, उनले भने, “थारु समुदायमा यो पर्वको छुट्टै महत्त्व छ ।”

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको घोराही उपमहानगरपालिकाका–३ का  सुरज चौधरीले बताए । “यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ”, उनले भने । उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारु समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्‍याउने गरिन्छ ।

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अटवारी पर्व मनाउने प्रचलन छ । थारु समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरी बताउँछन् । अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ ।

दाङका थार राजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थार राजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द्रोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थार राजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारु समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारु समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

यसैबिच, लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारु समुदायको बसोबास धेरै रहेका छ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

थारु समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु र  पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?