© २०२३
बुटवल, ७ भदौ ।
बल्कोट अर्घाखाँची रुपन्देही सम्पर्क समाजद्वारा शनिबार बुटवलमा तिज मिलन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन समाजसेवी तथा जेष्ठ नागरिक बसन्ता बेलबासेले गरेकी थिइन् । उनले समाजले जेष्ठ नागरिकलाई गरेको सम्मानले आत्मसन्तुष्टि मिलेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा पुरुषतर्फबाट जेष्ठ सदस्य लोकमणी घिमिरे पनि उपस्थित थिए । कार्यक्रममा ७५ वर्ष पुगेका पाँच जना जेष्ठ नागरिकलाई माला, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । सोही अवसरमा माध्यमिक शिक्षा परीक्षा २०८२ मा ४ जिपिए ल्याएका विद्यार्थी सन्देश न्यौपाने र दीक्षा पौडेललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थागत प्रस्तुतिका क्रममा अध्यक्ष मोहन भट्टराईले तिजलाई सम्पूर्ण नेपालीको साझा पर्वका रूपमा स्थापित गर्दै समाजले स्थापना यता निरन्तर कार्यक्रम गर्दै आएको जानकारी दिए । साथै उनले निकट भविष्यमा जन्मस्थानमै सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम गर्ने घोषणा गरे ।
संस्थापक अध्यक्ष दिपक पन्थीले समाज स्थापना भएको उद्देश्य आंशिक रुपमा पूरा भए पनि अझै धेरै रचनात्मक कार्यक्रम गर्नु बाँकी रहेको बताए । त्यस्तै, समाजसेवी नवराज श्रेष्ठले कार्यक्रमलाई सधैं सकारात्मक र रचनात्मक बनाउन सुझाव दिए ।
कार्यक्रममा उपाध्यक्ष रमेश पाण्डे, सचिव धुर्व सापकोटालगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । सम्पूर्ण संयोजन संयोजक हरि न्यौपानेले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक योगराज पोखरेलले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।