ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ
बढदै सवारी दुर्घटना

चार महिनामा एक सय ६५ को मृत्यु

२१ मंसिर २०७९, बुधबार
२१ मंसिर २०७९, बुधबार

बुटवल, २१ मंसिर ।

पछिल्लो चार महिनामा लुिम्बनी प्रदेशमा सवारी साधन दुर्घटनाबाट १६५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा १७५ जना घाईते भएका छन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा परी १०९ जना सामान्य घाईते भएका छन् । लुिम्बनी प्रदेशका १२ जिल्लामा भएका सडक दुर्घटनाहरुमा धेरै दुर्घटना हुनेमा रुपन्देही जिल्ला पहिलो नम्बरमा देखिएको छ । रुपन्देहीमा गएको चार महिनामा ११४ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनाबाट ३८ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक रहेको छ । दुर्घटनामा परी ६१ जना गम्भीर घाईते भएका छन् भने १९ जना सामान्य घाईते भएका छन् । धेरै दुघटना हुनेमा कपिलबस्तु जिल्ला पनि परेको छ गएको चार महिनामा ६० वटा सवारी दुर्घटना भएकोमा २७ जनाको मृत्यु भएको छ । ४४ जना गम्भीर घाईते भएका छन् । १२ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

बाँके जिल्लाभरी चार महिनामा ५८ वटा सवारी दुर्घटना भएकोमा २२ जनाको मृत्यु भएको छ । २८ जना मानिस गम्भीर घाईते भएका छन् भने १७ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ । दाङमा गएको चार महिनामा ५२ बटा सवारी दुर्घटना भएकोमा १५ जनाको मृत्यु भएको छ । ३५ जना गम्भीर घाईते भएका छन् । नवलपरासी पश्चिममा चार महिनामा २७ वटा सवारी दुर्घटना भएकोमा १२ जनाले ज्यान गुमाएका छन् । १४ जना गम्भीर घाईते भएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बर्दियामा गएको चार महिनामा २६ वटा सवारी दुर्घटना भएकोमा ९ जनाले दुर्घटनाबाट ज्यान गुमाएका छन् । २२ जना गम्भीर घाईते भएका छन् ।

  • मसिर महिनाको १९ दिनमा प्रदेशमा ३१ दुर्घटनाबाट बाट २३ जनाको ज्यान गुमाएका छन्भने २६ जना गम्भीर घाईते छन् । तीव्र गतिका कारण सवारी नियन्त्रण हुन नसकेर, ट्राफिक लेनको प्रयोग नगर्दा धेरै दुर्घटना हुने गरेको पाइएको हो ।

पाल्पामा गएको चार महिनामा २१ दुर्घटना भएकोमा १२ जनाले ज्यान गुमाएका छन् भने १४ जना गम्भीर घाईते भएको देखिएको छ । प्युठान जिल्लामा चार महिनामा १६ वटा दुर्घटना भएकोमा १२ जनाले दुर्घटनाबाट ज्यान गुमाएका छन् । ३४ जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । अर्घाखाँची जिल्लामा चार महिनामा १० वटा दुर्घटना भएकोमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । रोल्पामा ८ वटा सवारी दुर्घटना भएकोमा ५ जनाको मृत्यु भएको छ । ९ जना घाईते भएको प्रहरीले जनाएको छ । गुल्मी जिल्लामा ३ वटा दुर्घटना भएकोमा ३ जनाको मृत्यु भएको छ भने पुर्वी रुकुममा ३ वटा दुर्घटना भएकोमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएको ट्राफिक प्रहरीको तथ्यांक छ । विशेष गरेर तराई क्षेत्रमा दुई पाँग्रे मोटरसाईकलबाट धेरै दुर्घटना भैरहेको ट्राफिक प्रहरीको भनाई छ ।

तीव्र गतिका कारण सवारी नियन्त्रण हुन नसकेर, ट्राफिक लेनको प्रयोग नगर्दा धेरै दुर्घटना हुने गरेको पाइएको हो । लम्बिनी प्रदेशमा कुल ३ सय ९८ दुर्घटना भएकोमा दुई पाँग्रे मोटरसाईकल मात्र २ सय ४० रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी निरीक्षक अमृत भण्डारीले बताए ।

दुर्घटनाको मुख्य कारण भनेको चालकको लापरवाही, सडकको दुरावस्था, तीब्र गति, ट्राफिक लेनको प्रयोग नगर्दा दुर्घटना हुने गरेको उनले बताए । दुर्घटना न्युनीकरण गर्न विभिन्न जिल्लाहरुमा विभिन्न खालका सवारी साधनका चालक तथा सहचालकहरुलाई ट्राफिक नियमको बारेमा पढाउने प्रशिक्षण समेत गराउँदै आएको भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?