सल्यान, ७ भदौ ।
सल्यानमा आफ्नै घरको बार्दलीबाट लडेर जेष्ठ नागरिकको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं, ४ झंखानी निवासी ५७ वर्षिय दयनबहादुर खत्रीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गएराती करिव १ः०० बजेतिरको समयमा बार्दलीबाट लडेर भुँईमा खसेका उनलाई अचेत अवस्थामा उपचारका लागि श्रीनगर स्थित कर्णाली अस्पतालमा लगिएको थियो ।
उपचारकै क्रममा दयनबहादुरको शनिबार विहान ४ः२० बजेतिरको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । आफ्नै घरको बार्दलीबाट करिव नौ फिट तल खसेका दयनबहादुरको टाउको तथा मुखको भित्री भागमा चोट लागेको थियो ।