ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

लाठी चार्ज गर्ने माथी कारवाहीको माग गर्दै जसपाको ज्ञापन पत्र

६ भाद्र २०८२, शुक्रबार
६ भाद्र २०८२, शुक्रबार

कपिलवस्तु, ६ भदौ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकलचौडामा स्थानीय र सुरक्षाकर्मीबीच भएको विवादपश्चात लाठीचार्ज घटनाप्रति जनता समाजवादी पार्टी (जसपा) नेपाल, कपिलवस्तुले आपत्ति जनाएको छ । घटनाको भर्त्सना गर्दै पार्टीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई ज्ञापनपत्र बुझाउँदै लाठीचार्ज गराउनेहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

“सामान्य विवादलाई सौहार्दपूर्ण रूपमा समाधान गर्न सकिने अवस्थामा सशस्त्र प्रहरी बलका डिएसपीको नेतृत्वमा गएको टोलीले अन्धाधुन्ध लाठीचार्ज गरी बालबालिका र ७९ वर्षीय वृद्धसहित सर्वसाधारणलाई घाइते बनाएको घटनाको घोर निन्दा गरिएको छ”, ज्ञापनपत्रमा उल्लेख छ ।

जसपाले घटना शान्तिपूर्ण रूपमा समाधान गर्न सकिने स्पष्ट सम्भावना हुँदाहुँदै जनतालाई तर्साउने शैलीमा बल प्रयोग गरिएको भन्दै त्यसप्रति आपत्ति जनाउँदै दोषीमाथि छानबिन गरी कडा कारबाहीको माग गरेको छ। साथै, कारबाही नभए चरणबद्ध आन्दोलनमा जानुपर्ने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिइएको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा अध्यक्ष यादवका साथै केन्द्रीय नेता अब्दुल रसिद खाँ, मायादेवी–४ का वडाध्यक्ष असफक अहमद खाँ, कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष जाहिद खाँ, पार्टी नेता रामनेवास यादवलगायत सहभागी थिए ।

उक्त घटना बिहीबार मोटरसाइकल पार्किङसम्बन्धी सामान्य विवादबाट सुरु भएको थियो। विवादपछि सशस्त्र प्रहरी नायब उपरीक्षक ९डिएसपी० हरि बहादुर गुरुङको नेतृत्वमा गएको टोलीले स्थानीयमाथि लाठीचार्ज गरेको थियो ।

लाठीचार्जका क्रममा मायादेवी गाउँपालिका–४, पिपराका अब्दुल कयुम , चिरकुट लोध र बुलाडिहवाका साहिल मुसलमान घाइते भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?