© 2026
मुम्बई, ६ भदौ ।
अक्षय कुमारलाई बक्स अफिसको ‘किंग’ भनिन्छ । उनका फिल्महरूले टिकट विन्डोमा ठुलो नाफा कमाउँछन्। ३४ वर्षको आफ्नो करियरमा अक्षय कुमारले करिब १५० फिल्ममा काम गरेका छन् ।
यी चलचित्रहरू मध्ये धेरै यस्ता चलचित्रहरू पनि रहेका छन्, जसले आफ्नो बजेट भन्दा कैयौँ गुणा बढी नाफा कमाउन सफल भएका छन् । अक्षयको एउटा फिल्म थियो, जसले आफ्नो बजेटभन्दा १७ गुणा बढी कमाई गरेर बक्स अफिसमा हलचल मच्चाएको थियो ।
अक्षय कुमारको फिल्मले बक्स अफिसमा यस्तो जादु चलाएको थियो कि सबैले उनको अभिनयको तारिफ गरेका थिए । अक्षयले फिल्ममार्फत जनतालाई सचेत गराएर एउटा महत्त्वपूर्ण मुद्दा उठाएका थिए । बक्स अफिसमा सुपर हिट साबित भएको ‘खिलाडी कुमार’ को यो फिल्म कुन हो, हामी जानौँ ।
यहाँ हामी अक्षय कुमारको फिल्म ‘टवाइलेटः एक प्रेम कथा’ को बारेमा कुरा गर्दैछौं। यो फिल्म आठ वर्षअघि ११ अगस्ट २०१७ मा रिलिज भएको थियो । यसमा अक्षयको अपोजिटमा चर्चित अभिनेत्री भूमि पेडनेकर मुख्य भूमिकामा देखिएकी थिइन् । फिल्ममा दिव्यन्दु शर्मा, सुभा खोटे र सुधीर पाण्डेजस्ता कलाकार पनि थिए ।
सक्कनिल्कको रिपोर्ट अनुसार यो फिल्मको बजेट १८ करोड मात्रै थियो तर कमाईको हिसाबले यो वर्ष अन्य सबै फिल्मलाई उछिनेको थियो । श्री नारायण सिंहद्वारा निर्देशित यो फिल्मले भारतमा मात्रै १३४.४२ करोड भारु कलेक्सन गरेको थियो ।
विश्वभर यो सङ्ख्या ३१७ करोड रुपैयाँ पुगेको थियो । विदेशको कुरा गर्दा छिमेकी मुलुक चीनमा सबैभन्दा बढी रुचाइएको थियो । यसले चीनमा मात्रै १०० करोड रुपैयाँ कमाएको थियो ।
अक्षयको फिल्म ‘स्काई फोर्स’ यसै वर्षको जनवरीमा रिलिज भएको थियो । त्यसपछि अप्रिलमा ‘केशरी च्याप्टर २’ रिलिज भयो । यसपछि ‘हाउस फुल ५’ जुनमा थिएटरमा प्रवेश गरेको थियो ।
त्यसपछि उनी साउथ अभिनेता विष्णु मान्चुको फिल्म ‘कन्नप्पा’ मा भगवान शिवको भूमिकामा देखिए ।
अब अक्षय अर्को महिना फिल्म ‘जोली एलएलबी ३’ मा देखिनेछन् । यसमा उनीसँगै अभिनेता अर्शद वारसी र सौरभ शुक्ला पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।