ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बन्द बाकसमा नेपाली, कहिलेसम्म ? 

६ भाद्र २०८२, शुक्रबार
६ भाद्र २०८२, शुक्रबार

श्रम तथा रोजगार विभागका अनुसार साउनमा मात्रै ६८ हजार नेपाली वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक उडेका छन् । विभागकै पछिल्लो तथ्याङ्क अनुसार दैनिक सरदर सात नेपालीको शव बन्द बाकसमा कैद भएर नेपाल फर्किरहेको छ ।

गत महिना मात्रै एकै दिन १४ जना नेपालीको शव त्रिभुवन विमानस्थलमा आउँदा र त्यो तस्बिर कैद गरिएका टेलिभिजनका पर्दा देख्दा नेपालीको यथार्थ अवस्था झल्किएको स्पष्ट हुन्छ । वास्तवमा नेपालीहरू रहरमा विदेश पुगेका छैनन् ।

अनेक हन्डर खाएर सपनाको संसारमा डुबुल्की मार्दै परिवारको उन्नत जीवनको खुसीमा रमाउँदै विदेश जानुपर्ने बाध्यता छ । यसरी बन्द बाकसमा कैद भएर स्वदेश फर्काइदा आफन्तको मात्रै होइन, सम्पूर्ण नेपालीजनको आँखा रसाउनु स्वाभाविक छ ।

आफन्तको बिछोडमा विमानस्थलमा देखिने आफन्तजनको आँसुको भेलले आम नेपालीलाई पिरोलेको मात्र छैन, हरेक दिन देखिने यो शृङ्खला कहिले अन्त्य हुने हो ? चिन्ता उत्पन्न भएको छ । अहिले पनि दैनिक सरदर दुई हजार बढी युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम गन्तव्य मुलुकको बाटो तताइरहेका छन् । यसरी नेपाली श्रमिक बाध्य भएर वैदेशिक रोजगारीमा जानुपरेको छ ।

नेपालमा प्रशस्त रोजगारीको अवसर नहुँदा बिदेसिनु नागरिकको बाध्यता हो । विडम्बना ! कठिन परिश्रम गर्न विवश तिनै नेपालीहरूमध्ये सात जनाको शव हरेक दिन बन्द बाकसमा कैद हुने गरेको छ । विदेशमा पसिना बेचेर परिवार र बालबच्चाको खुसीका लागि विदेशिने नेपाली श्रमिक अकालमै बाकसका कैद भएर आउनु अत्यन्त पीडादायी हो ।

हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लास भित्रिँदा पनि नेपाली समाज र सरकारलाई नदुख्नु विडम्बना हो । निश्चित रूपमा जन्मपछि मृत्यु सत्य छ । एक पटक यो संसारमा पदार्पण गरेपछि जानु नै छ । मृत्यु शास्वत सत्य छ तर, अकाल मृत्युलाई स्वाभाविक ठान्ने चिन्तन कदापि राम्रो होइन । विदेश गएका औसत नेपालीहरू जोखिममा काम गर्न बाध्य भइरहेका छन् ।

पछिल्लो समय खाडी राष्ट्र जाने नेपाली महिलाहरू समेत अत्यन्त जोखिममा काम गरिरहेका छन् । उनीहरूको जीवनको सुरक्षा छैन । सरकारले समेत वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन प्रयास नगर्नु चिन्ताको कुरा हो ।

जबसम्म वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सकिँदैन तबसम्म यो समस्याले निकास पाउँदैन् । तसर्थ सरकारले चाहेमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सक्छ । नेपालीले नेपालीलाई लुटने, ठग्ने, ढाँटने र छलकपट गर्ने र अनेकौं जालझेल गर्ने क्षेत्रको रूपमा वैदेशिक रोजगारीको क्षेत्र बदनाम भएको छ ।

म्यानपावर कम्पनीको नाममा नेपालीमाथि अनेक पीडा थोपर्ने काम भएको छ । यद्यपि सवै म्यानपापर कम्पनी एउटै प्रकृतिका छैनन् । पछिल्लो समय वैदेशिक रोजगारीलाई अव्यवस्थित बनाउने काम सुरु भएको छ । तर, त्यो कुरामा मात्रै सीमित छ । सामाजिक सञ्जालका माध्यमबाट अनेकौं प्रलोभन दिएर सोझा सिधा नेपालीलाई ठगी गर्ने क्रम अहिले पनि रोकिएको छैन ।

टिकटकका माध्यमबाट आकर्षक रोजगारीको ग्यारेन्टी दिने र नेपालीलाई झुक्याउने काम भैरहेको छ । अहिले हरेक दिन टिकटकमा नेपालीले श्रम गर्नै नपाउने मुुलुकमा आकर्षक काम भन्दै नेपाली ठगी गर्ने काम भैरहेको छ । अझैपनि वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले ढिलाई गरेको छ । श्रम मन्त्री शरदसिंह भण्डारीको एक बर्षे कार्यकाल त्यत्तिकै खेर गएको छ ।

सरकारले नयाँ नयाँ मुुलुकमा श्रम गन्तव्य बनाउने कुरा गरेपनि वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कामतर्फ चासो नदेखाएकै हो । सरकारले वैदेशिक रोजगारीलाई नियमन नगरेसम्म बन्द बाकसमा शव आउने क्रम रोकिने अवस्था छैन । तसर्थ सरकार अव ढिलो भैसक्यो वैदेशिक रोजगारीलाई व्यवस्थित बनाऊ ।

नेपालीको शव हरेक दिन बन्द बाकसमा आउँदा अलिकति भएपनि सहानुभूति देखाउ । आखिर किन भैरहेको छ बन्द बाकसको आयातित खेल ? यसको कारण के हो ? खोजविन गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?