© २०२३
रुपन्देही, २० मंसिर ।
रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा मंगलबार चर्चित कालाकार खेम सेन्चुरीले दर्शकलाई छमछमी नचाए ।
पछिल्लो समयमा चर्चित बनेका उनका आधा दर्जन गीत गायका सेन्चुरीले दर्शकलाई भरपुर मनोरन्जन दिंदा दर्शकहरु उठेर छमछमी नाचे । सेन्चुरीसंगै गायिक प्रिती आलेको स्वरमा पनि दर्शकहरु हौसिए । उत्साहित भएका दर्शकहरु नाचेर साथ दिए । मेलामा गायक गायिका बसन्त लम्साल, लालमाया थापा, सबिता कार्की, दिपु मगर उद्घोषिका दुर्गा गुरुङ लगायतका कलाकारले भरपुर मनोरन्जन दिएको सांस्कृतिक उपसमिति संयोजक युवराज पराजुलीले जानकारी दिए ।
मेलामा बनाइएका सेल्फीजोनमा दर्शकको आकर्षण बढ्दै गएको आयोजकले बताएका छन् । मेलामा बुधबारदेखि तीन दिन महिला तथा पुरुष कुस्ती प्रतियोगिता संचालन हुने खेल उपसमिति संयोजक विवश थापाले जानकारी दिए । उनका अनुसार २४ गते ब्याडमिन्टन प्रतियोगिता हुनेछ ।
यसैबीच बुधबार चर्चित गायक गायिका खुमन अधिकारी, उज्जवल गिरी, मन्जु भट्टराई, श्रीधर अधिकारी, विनोद विस्ट तथा सोनी डान्स ग्रुपको प्रस्तुति रहने मेला मुल आयोजक समिति संयोजक प्रेम जीएमले जानकारी दिए । उनका अनुसार कलाकार प्रिती आलेको संयोजनमा नाइट डान्स कन्सर्ट पनि हुनेछ ।
त्यस्तै मेलामा विद्यालय स्तरीय नृत्य प्रतियोगितमा पनि चलिरहेका छन् । तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गत विहीबारदेखि सुरु भएको मेलामा मंगलबार पनि दर्शक उपभोक्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले बताएका छन् । मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले बताए । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ ।