Butwal Today

सुनको मूल्य आज एकैदिनमा १ हजार ३०० रुपैयाँले बढ्यो

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

सुनको मूल्य आज एकैदिनमा तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य तोलामा १ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको छ । हिजो यो मूल्य १ लाख ९३ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको २,२९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको २,२५५ रुपैयाँको तुलनामा ३५ रुपैयाँले बढेको हो ।