Butwal Today

संसदीय समितिबाट भूमि विधेयक बहुमतले पारित

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

भूमि सम्बन्धी विधेयक संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाअन्तर्गत रहेको उक्त समितिले बुधबार विधेयक बहुमतका आधारमा पारित गरेको हो ।

छलफलका क्रममा माओवादी केन्द्र समितिबाट बाहिरिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि विधेयकमा असहमति जनाउँदै फरक मत राख्ने बताएको छ ।

समितिका सचिव शिवदत्त बरालका अनुसार फरक मत लेखी शुक्रबार समितिमा पेस गर्न सकिने छ । त्यस्तै फरक मतसहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?