Butwal Today

लामिछानेको समर्थनमा हालसम्म ३४ लाख नागरिकको हस्ताक्षर

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, ५ भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा हालसम्म ३४ लाख नागरिकले हस्ताक्षर गरेका छन् ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार, लामिछानेविरुद्ध भएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप सञ्चालनमा आएको उक्त हस्ताक्षर संकलन अभियान देशभर फैलिएको छ ।

प्रवक्ता झाले जानकारी गराएअनुसार, हस्ताक्षर अभियानसँगै सहयोग संकलन कार्य पनि अगाडि बढाइएको छ, जसअन्तर्गत हालसम्म ६५ लाख रुपैयाँ संकलन भइसकेको छ ।

उक्त अभियान पश्चिमदेखि पूर्वसम्म देशव्यापी रुपमा सञ्चालन भइरहेको छ । हालै सुदूरपश्चिमको कञ्चनपुरबाट पनि अभियान सुरु भएको छ । यसको नेतृत्व सचिवालय सदस्य दीपक बोहराले गरेका छन ।

रास्वपाले असार ७ गतेदेखि रवि लामिछानेविरुद्ध भइरहेको राजनीतिक प्रतिशोधको विरुद्धमा हस्ताक्षर संकलन अभियान सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?