© २०२३
काठमान्डौ, ५ भदौ ।
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका आधारभूत दर्जाका कर्मचारीलाई १६ वर्षे सेवा अवधिमा नै अवकाश दिने गरी कानुनी व्यवस्था गरिन लागेको बताएका छन् ।
नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सव समारोहमा आज काठमाडौँमा बोल्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसम्बन्धी नयाँ कानुन छिट्टै ल्याइने प्रतिबद्धता जनाए ।
ूप्रहरीसम्बन्धी नयाँ कानुनी मस्यौदामा हाल २० वर्षे सेवा अवधिमा निवृत्त हुने प्रावधानलाई संशोधन गर्दै अब आधारभूत तहका प्रहरीलाई १६ वर्षमै सेवा निवृत्त गरिने व्यवस्था गरिएको गृहमन्त्री लेखकले स्पष्ट पारे ।
कार्यालय सहयोगीदेखि हवल्दारसम्मका तहलाई आधारभूत दर्जा मानिएको उनले बताए । यस तहका सुरक्षाकर्मीले दैनिक ८ देखि १४ घण्टासम्म कठिन सेवा दिँदै आएका कारण उनीहरूको कार्यभार र योगदानलाई मूल्याङ्कन गरी अवकाशको अवधि घटाउने निर्णय गरिएको हो ।
उनले प्रहरी संगठनलाई जातीय, लैङ्गिक र भौगोलिक विविधता समेट्ने गरी पुनर्संरचना गरिने बताउँदै महिला प्रहरीको सहभागिता सुनिश्चित गर्न आरक्षणको दायरा पनि विस्तार गरिने जानकारी दिए ।