ट्रेंडिंग:

>> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित

विद्यालय शिक्षा विधेयकविरुद्ध ‘निजी विद्यालय’ को आन्दोलन घोषणा

५ भाद्र २०८२, बिहीबार
५ भाद्र २०८२, बिहीबार

समाचार सारांश


  • निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सन र एनप्याब्सन ले विद्यालय शिक्षा विधेयक २०७८ का केही प्रावधानहरूमा आपत्ति जनाउँदै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

  • उनीहरूको दाबी छ कि नयाँ विधेयकले निजी विद्यालयहरूको व्यावसायिक अस्तित्व र योगदानमाथि कुठाराघात गर्ने प्रयास गरिएको छ ।

  • कम्पनी ऐनअनुसार दर्ता भएर सञ्चालन भइरहेका विद्यालयहरूलाई गैर-नाफामूलकमा रूपान्तरण गर्ने प्रस्ताव  गरेका छन् ।


बुटवल, ०५ भदौ ।


नेपाल – निजी तथा आवासीय विद्यालयका संस्था प्याब्सन र एनप्याब्सनले विद्यालय शिक्षा विधेयक, २०८० मा रहेका केही प्रावधानहरू तत्काल संशोधन गर्न माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

विद्यालय शिक्षा विधेयक माथि संसदीय समितिमा जारी छलफल अन्तिम तिर पुग्दै गर्दा निजी विद्यालयको विषय थप पेचिलो बन्दै गएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको गर्दै भोलि (बिहीबार) भाद्र ५ गते बिहान ११ बजेदेखि १ बजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपल व्यानरसहित नयाँ बानेश्वरचोकसम्म ¥याली निकाली पुन माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने यी दुई सङ्गठनले जानकारी गराएका हुन् ।

यसको साथै, दुई सङ्गठनले भाद्र ६ गते बिहान ११ बजे देशभरिका स्कुल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने, काठमाडौँ उपत्यकामा २७ किमी चक्रपथ वरिपरि स्कुल बसको कालो झन्डा/वानरसहित ¥याली गर्ने, ६ गते नै दिनको ठिक १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद् घेराउ/धर्ना गर्ने, भाद्र ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने पनि घोषणा गरेको छ ।

‘राज्यसँग टकराब होइन, संवाद र सहकार्यको बाटो खोजी गरे पनि व्यावसायिक अस्तित्व र शैक्षिक योगदानमाथि कुठाराघात गरिने प्रयास हुन्छ । बाध्य भएर सङ्घर्षका सबै विकल्प रोज्न बाध्य हुने छौँ,’ उनीहरूले भनेका छन् ।

शिक्षा अधिकारका क्षेत्रमा क्रियाशील व्यक्तिहरूले शिक्षा ऐन निर्माण गर्दा आधारभूत शिक्षा नाफामूलक हुनुहुन्न भन्ने राय दाहो¥याएका छन् भने निजीका सञ्चालकहरूले विधेयकको छलफलका क्रममा भएको निजी विद्यालयहरूलाई “गैर नाफामूलक” बनाउँदै लगिने भन्ने प्रावधान नहटाए आन्दोलन गर्ने धम्की दिएका छन् ।

शिक्षा अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा शिक्षा अधिकार कार्यान्वयनका लागि निजी विद्यालय गैर नाफामूलक गुठीमा परिणत हुने अपेक्षा गरिए पनि त्यसको विपरीत संसदीय समितिले निर्णय गरेकोमा खेद व्यक्त गरिएको छ ।

शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला प्रा.डा.सूजन आचार्य टीका भट्टराई, बि.के. श्रेष्ठ, अनुप सुवेदी र मोहन बुर्जा मगरद्वारा जारी विज्ञप्तिमा उच्चस्तरीय शिक्षा आयोगले सुझाव दिए अनुसार नै शिक्षा ऐन निर्माण हुने अपेक्षा गरिएको उल्लेख गरिएको छ ।

’निर्धारित अवधिमा हामीले हाम्रो समाज, राजनीतिक वृत्त, शिक्षक कर्मचारी लगायत सरकारी तथा गैरसरकारी शिक्षाकर्मीहरू सामूहिक हितका लागि निहित स्वार्थ छाड्न तयार भई नसकेको महसुस गरेका छौँ’ विज्ञप्तिमा भनिएको छ ’यस्तै अवस्थामा पनि भइरहेका र नयाँ ऐन अन्तर्गत बन्नु पर्ने प्रावधानहरूको उच्च उपयोग गर्ने दिशामा चौकन्ना रहन सम्बन्धित सबैमा आग्रह गर्दछौँ ।’

यसै गरी निजी विद्यालय सञ्चालकहरूका विभिन्न चार सङ्गठनले जारी गरेको विज्ञप्तिमा ‘गैर नाफामूलक’ र ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनु पर्ने माग गरिएको छ ।

विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्छ ।

आफ्ना माग पुरा नभए विद्यालयका बसले बाटो घर्ने देखि आफूहरूले संसदीय समिति र प्रतिनिधि सभा नै घेर्ने निजीका सञ्चालकहरूले धम्की दिएका छन् ।

अपेनका अध्यक्ष बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याव्सनका अध्यक्ष सुभाष न्यौपाने र प्याव्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?