© २०२३
काठमाडौं, ४ भदौं ।
मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत पक्राउ परेका हुन् । एनसिबि युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने र गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको हो ।
उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन ब्यूरो पठाइएको छ ।