Butwal Today

सुनको मूल्य घट्यो

४ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमाडौँ, ४ भदौ ।

सुनको मूल्य आज तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको भाउ हाल तोलाको १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँ थियो  ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले घटेर तोलाको २ हजार २५५ रुपैयाँमा पुगेको छ ।

हिजो चाँदीको मूल्य तोलाको २ हजार ३ सय रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।