© २०२३
बुटवल, ०४ साउन ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ ले उत्कृष्ट बुहारीलाई सम्मान गरेको छ । तीजको अवसरमा आयोजना गरिएका कार्यक्रममा उत्कृष्ट ४ जना बुहारीहरूलाई सम्मान गरिएको वडा जनप्रतिनिधि टङ्कनाथ बस्यालले जानकारी दिए ।
महिला समन्वय समितिको छनौटमा वडाले बुहारी सम्मान गरेको हो । जसमा जमुना सुनार दमै, धान कुमारी सार्की, कल्पना पाण्डे र मिना सर्बुजा रहेका छन् ।
उत्कृष्ट बुहारीहरूलाई प्रदेश सभा सभामुख तुलाराम घर्ती मगर, पालिका अध्यक्ष प्रेम श्रेष्ठ र वडा अध्यक्ष चित्र बहादुर थापाले संयुक्त रूपमा सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै सभामुख घर्ती मगरले बुहारी सम्मान कार्यक्रमबाट एउटा नयाँ सन्देश पैदा भएको बताएका थिए । कार्यक्रममा महिला समन्वय समिति वडा नम्बर ३ का संयोजक नैना क्षेत्रीले यस्तो प्रकृतिका कार्यक्रम भविष्यमा पनि गरिने बताइन् ।