ट्रेंडिंग:

>> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र

स्वास्थ्यकर्मीलाई दुई दिने बिएलटी तालिम

४ भाद्र २०८२, बुधबार
४ भाद्र २०८२, बुधबार

कपिलवस्तु, ०४ भदौ ।

कपिलवस्तु नगरपालिकाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि दुई दिने स्वास्थ्य सेवामा आवश्यक औषधि, सामग्री, उपकरण तथा आपूर्ति व्यवस्थापन सम्बन्धी आधारभूत तालिम (बिएलटी) तालिम शुरु गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) र कपिलवस्तु ईन्ट्रिग्रेटेड डेभलप्मेन्ट सर्विसेज (किड्स) को साझेदारीमा कपिलवस्तु नगरपालिकाले नगरका स्वास्थ्य संस्थाका प्रमुख र प्रतिनिधिलाई तालिम आयोजना गरेको हो ।

औषधि र स्वास्थ्य सामग्रीको योजना, खरिद, भण्डारण, वितरण र व्यवस्थापन गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले जानकारी दिए ।

सो अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका निमित्त निर्देशक डाक्टर राजेन्द्र गिरीले तालिमले स्वास्थ्य सरकारी स्वास्थ्य संस्थाका सेवा प्रदायकलाई औषधिजन्य सामग्री र उपकरण व्यवस्थापनको सिप सगै सप्लाई चेन व्यवस्थापनको सिप प्राप्त हुने बताए ।

अहिले विद्यालयमा सञ्चालन गरिने आइरन र फोलिक एसिडका लागि केन्द्रको खरिद प्रक्रिया बारे केही अन्यौलता रहेका कारण सो को केही समय सम्म व्यवस्थापनको जिम्मेवारी लिन उनले स्थानीय तहसँग आग्रह गरे । आवश्यकताको आधारमा तथ्याङ्कको विश्लेषण गरेर मात्रै केन्द्र सँग आवश्यक औषधीजन्य सामग्री माग गर्न सकिए अभावको अवस्था नआउने उनले बताए ।

कपिलवस्तु जिल्लामा अझै पनि रक्तअल्पताको अवस्था गम्भिर रहेकाले आइरन र फोलिक एसिडको उपलब्धता सुनिश्चित गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जोड दिए ।

तथ्याङ्क रेकर्ड सिस्टम व्यवस्थित गरेर सप्लाई चेन प्रभावकारी बनाउन सकिने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताए । उनले जिल्लामा आपूर्ति केन्द्रमा पर्याप्त औषधी र औषधीजन्य सामग्रीको उपलब्धता सुनिश्चित नहुँदा समस्या पर्ने गरेको गुनासो गरे ।

पछिल्लो समय आइरन चक्की र डिपो सुईको उपलब्धता नहुँदा समस्या परेको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले गुनासो गरे । कपिलवस्तु नगरपालिकाले फागुन महिनालाई नसर्ने रोग विरुद्धको अभियान चलाउने योजना बनाएको जानकारी दिए ।

तालिममा स्वास्थ्य सेवामा आवश्यक औषधि र सामग्री निरन्तर उपलब्ध गराउने क्षमता विकास गर्ने, औषधि तथा आपूर्ति व्यवस्थापनमा पारदर्शिता, उत्तरदायित्व र कार्यक्षमता वृद्धि गर्ने र खेर जाने वा अभाव हुने अवस्थालाई रोकथाम गर्न स्वास्थ्यकर्मीलाई सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको थियो ।

लोजिस्टिक प्रणाली परिचय, स्वास्थ्य क्षेत्रमा लोजिस्टिक व्यवस्थापनको महŒव, आपूर्ति श्रृङ्खला, आवश्यकता अनुमान, पारदर्शी र प्रभावकारी खरिद प्रक्रिया, सरकारी नियमावली र मापदण्ड, भण्डारण र गोदाम व्यवस्थापन, वितरण, रेकर्ड कीपिङ र रिपोर्टिङ, आपूर्ति व्यवस्थापनसम्बन्धी रिपोर्ट तयार गर्ने तरिका, निगरानी र सुपरभिजन, औषधि तथा सामग्रीको सही प्रयोग, गुणस्तर र उपलब्धतााथि अनुगमन गर्ने तरिका बारे सहजीकरण गर्ने जनाइएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अधिकृत गोविन्द अर्याल, फार्मेसी अधिकृत सुरज थारु र अमृत काफ्ले लगायतले तालिममा प्रशिक्षण दिने छन् । कार्यक्रममा सहायक प्रजिअ पदमलाल लामिछाने, युएनएफपीएकी प्रतिनिधि रश्मिता पौडेल, किड्सका कार्यकारी निर्देशक कृष्ण कुमार द्विवेदी लगायतले विभिन्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?