ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बेरोजगारमध्ये नगन्यले मात्रै पाउँछन् काम

४ भाद्र २०८२, बुधबार
४ भाद्र २०८२, बुधबार

समाचार सारांश


  • सल्यान जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा मात्र ३५,४६६ जना बेरोजगार व्यक्तिहरू रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका छन् ।

  • बेरोजगार सूचीमा २,१२३ महिला र १,२९० पुरुष सूचीकृत छन् ।

  • छत्रेश्वरी गाउँपालिकाले प्रधानमन्त्री, मुख्यमन्त्री र युवा रोजगारी योजनाका लागि करिब १ करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको छ ।


 

सल्यान, ०४ भदौ । 

आर्थिक वर्ष २०८१/०८२ मा रोजगार व्यवस्थापन सूचना प्रणालीमा सल्यानको छत्रेश्वरी गाउँपालिकाका मात्रै तीन हजार ४१३ जना बेरोजगार थिए । जसमा एक हजार २९० पुरुष र दुई हजार १२३ महिलाहरू बेरोजगार सुचीमा थिए ।

जसमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रममा ९० जना र मुख्यमन्त्री रोजगार कार्यक्रममा २४२ जना गरी जम्मा ३३२ जनालाई मात्रै रोजगारीमा संलग्न गरी रोजगार प्रदान गर्न सकिएको गाउँपालिकाका रोजगार संयोजक पवन कुमार खत्रीले जानकारी दिए ।

यसै गरी कुमाख गाउँपालिकामा आर्थिक वर्ष ०८१/८२ मा एक हजार २७६ नयाँ बेरोजगार व्यक्तिहरू सूचीकृत भएको कुमाख गाउँपालिका रोजगार संयोजक जीवन शर्माले बताए । जसमध्ये ७७ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम गरेका छन् भने १०५ जनाले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न योजनामा काम गरेको उनको भनाइ छ ।

यस्तै, गत आ.व.मा कपुरकोट गाउँपालिकामा एक हजार ७१४ महिला र एक हजार ३३५ पुरुष गरी तीन हजार ४९ जना बेरोजगारीमा सूचीकृत भएका थिए । “सूचीकृत भएकामध्ये ८४ जनाले मात्र एक सय दिन बराबरको रोजगारी पाउनुभएको थियो”, कपुरकोट गाउँपालिका रोजगार संयोजक बिपना बुढा मगरले भनिन् ।

सरकारले बेरोजगार युवालाई गाउँमै काम दिने भन्दै सुरु गरेको रोजगार कार्यक्रमले सबैलाई रोजगारी दिन नसकेको देखिएको छ । सल्यान जिल्लामा बेरोजगारको सङ्ख्या हजारौँमा पुगेको छ तर रोजगार पाउनेको सङ्ख्या भने सयको सङ्ख्यामा रहेको देखिन्छ ।

सरकारले बेरोजगारलाई अनिवार्य सय दिनको रोजगारी दिन भनेर सूचीकृत गर्दै आइरहेको छ । सल्यान जिल्लामा आ.व. २०८१/०८२ मा रोजगार व्यवस्थापन सूचना प्रणालीमा बेरोजगारी सुचीमा सूचीकृत जम्मा सङ्ख्या ३५ हजार ४६६ रहेको छ ।

यी मध्ये थोरै सङ्ख्याका बेरोजगारहरूले मात्रै काम पाइरहेको अवस्था रहेको छ । अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा जिल्लाका ४३ हजार ६६५ जना बेरोजगारी सूचीमा सूचीकृत भएका थिए । सुचीकृत २८ हजार ५६७ महिला र १५ हजार ९८ पुरुषमध्ये एक हजार ४३० महिला र ८१३ पुरुष गरी दुई हजार २४३ जनाले मात्र रोजगारी पाएको तथ्याङ्क छ ।

छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीका अनुसार उत्पादनमुखी क्षेत्रमा रोजगार कार्यक्रमका योजनाहरू केन्द्रित गरिएको तर केन्द्रबाट नै सीमित बजेट आउँदा सबैलाई समेट्न समस्या भइरहेको छ ।

छत्रेश्वरी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित बजेट ३१ लाख ८० हजार, युवा रोजगारीका लागि रूपान्तरण पहल योजना कार्यक्रम अन्तर्गत विनियोजित २६ लाख ७२ हजार रुपियाँ र कर्णाली प्रदेश सरकार मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हस्तान्तरित योजना तथा कार्यक्रममा विनियोजित बजेट एक करोड पाँच लाख गरी एक करोड ६३ लाख ५२ हजार रूपैयाबाट देखिने र दीर्घकालिन महत्वका योजना सञ्चालन गरेको जनाएको छ ।

यी तीन वटै शीर्षकबाट सात–सात वटा गरेर जम्मा २१ वटा योजना सम्पन्न गरिएको छत्रेश्वरीका रोजगार संयोजक खत्रीले बताए ।  उनका अनुसार करिब एक हजार २२७ मिटर पक्की सिचाई कुलो, करिब २२१ मिटर सहायक सडकमा पक्की नाला, दुईवटा लिफ्ट खानेपानी निर्माण गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाबाट ३१ लाख ५० हजार बजेट साझेदारी गरिएको थियो । जसअनुसार स्ल्याव निर्माण, विद्यालय घेरवार, गाउँघर क्लिनिक, विद्यालयको गेट निर्माण, पक्की सिंचाई कुलो निर्माण, गोरेटो बाटो निर्माण जस्ता पूर्वाधार विकास गरिएको छ । कुमाखमा २६ लाख ८० हजार बजेट विनियोजन भएकोमा अधिकांश योजनाहरू उत्पादनमूलक क्षेत्रमा कार्यान्वयन भएका रोजगार संयोजक शर्माले बताए ।

पछिल्लो समय वैदेशिक रोजगारीको कारण गाउँका अधिकांश पुरुष विदेश गएका छन् । यस्तो अवस्थामा घर र समाजको जिम्मेवारी महिलाले सम्हालिरहेका छन् । योजनाहरूमा महिलाको सहभागिता बढ्दो छ । सरकारले सूचीकृत बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी दिने भने पनि व्यवहारमा त्यो सम्भव हुन सकिरहेको छैन ।

रोजगारीको माग अनुसार बजेट नभएका कारण बेरोजगार सबैलाई काम दिन नसकिएको स्थानीय तहका जनप्रतिनिधिहरूको भनाई छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यविधि, २०८१ ले रोजगारीमा संलग्न भएका बेरोजगार व्यक्तिहरूलाई कम्तीमा एक सय दिनको रोजगारी प्रदान गरी रोजगारी सृजना गर्ने भनेकाले सूचीकृत बेरोजगार व्यक्तिहरू सबैलाई रोजगारीमा आबद्ध गराउन नसकिने हुँदा रोजगारी दिने दिनमा कमी ल्याई रोजगारी सृजना सङ्ख्या बढाउन सकिने रोजगार संयोजकहरूको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?