Butwal Today

आज यी स्थानमा वर्षाको बढी सम्भावना

४ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (भदौ ४, बुधबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ।

महाशाखाले आज बिहान जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,

आज दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलागायत बाँकी पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका थोरै स्थान र तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहनेछ। मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराई र पहाड भूभागमा थोरै र बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम महाशाखााका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर छ। तथापि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?