Butwal Today

बर्दियामा लागू औषधसहित ४ जना पक्राउ

३ भाद्र २०८२, मंगलवार
अ+
अ-

बर्दिया, ३ भदौ ।

दुई दिनमा लागू औषधसहित बर्दियाका प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट आइतबार र सोमबार दुई/दुई जनालाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको हो ।

गुलरिया नगरपालिका वडा नम्बर ७ का ४० वर्षीय नुर महम्मद नाउँ र गुलरिया नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय अजमेर अलि नाउँलाई प्रहरीले सोमबार पक्राउ गरेका छ ।

गुलरिया नगरपालिका वडा नम्बर ६ स्थितबाट नुर महम्मद र गुलरिया नगरपालिका वडा नम्बर ७ स्थित बाइपास रोड स्थितबाट अजमेर अलिलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषध फेला परेको हो ।

नुर महम्मदको साथबाट २ सय ७० मिलिग्राम र अजमेरको साथबाट १ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै आइतबार गुलरिया नगरपालिका वडा नम्बर ११ गणेशपुर स्थितबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का २१ वर्षीय विशाल खत्री र वडा नम्बर ४ का २१ वर्षीय अबिशेक चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट ४ सय ७० मिली ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
चारै जनालाई नियन्त्रणमा लिई सोमबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।