Butwal Today

म एमालेकै कार्यकर्ता हुँ, यसमा छलफल आवश्यक छैन : पूर्वराष्ट्रपति भण्डारी

२ भाद्र २०८२, सोमबार
अ+
अ-

विराटनगर, २ भदौ ।

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) की कार्यकर्ता नै भएको स्पष्ट पार्दै यसबारे अनावश्यक बहस आवश्यक नरहेको बताएकी छन् ।

सोमबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “म नेकपा एमालेकै कार्यकर्ता हुँ । म पनि आलोचनाबाट मुक्त छैन, कोही पनि हुँदैन । यस विषयमा धेरै छलफल आवश्यक छैन । हिजो पनि एमाले भएकै कारण पार्टीको निर्णयअनुसार राष्ट्रपतिको जिम्मेवारी पाएको हुँ ।”

उनले राजतन्त्र र गणतन्त्रबीचको भिन्नता स्पष्ट गर्दै भनिन्, “राजा व्यक्ति हुन्, तर राष्ट्रपति एउटा पद हो । यो पद आवधिक हुन्छ । जो सुकै जनताको छोरा निर्वाचित भएर राष्ट्रपति बन्न सक्छन् ।  कार्यकाल सकिएपछि उनीहरू पुनः आफ्ना नियमित काममा फर्किन सक्छन् ।”

पूर्वराष्ट्रपति भण्डारीको यस अभिव्यक्तिले उनी अझै पनि सक्रिय राजनीतिक सोच र प्रतिबद्धता बोकेकी छन् भन्ने संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?