ट्रेंडिंग:

>> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो

चोरी तस्करीका सामग्रीबाट डेढ करोड राजस्व

२ भाद्र २०८२, सोमबार
२ भाद्र २०८२, सोमबार

समाचार सारांश

  • सुनवल नगरपालिकाले खोलाजन्य पदार्थ  ढुङ्गा, गिट्टी, बालुवा आदिको अवैध तस्करी र बेथिति नियन्त्रण गर्न सक्रिय अभियान सञ्चालन गरेको छ ।

  • बेवारिसे भण्डारणहरू जफत गरेर बिक्री गर्दा डेढ करोडभन्दा बढी राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

  • नगरप्रमुख विमला अर्यालको पहलमा चोरी तस्करी नियन्त्रणको कार्य अघि बढाइएको हो ।

 

नवलपरासी, ०२ भदौ ।

जिल्लाको सुनवलस्थित खोलामा आयोजनाको आडमा खोलाजन्य पदार्थको चोरी तस्करी नियन्त्रण गर्दै बेवारिसे भण्डारण जफत गरेर सुनवल नगरपालिकाले डेढ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षको सुरुदेखि नै नगरप्रमुख विमला अर्यालले पालिका भित्रको चोरी तस्करी नियन्त्रण गर्दै खोलाजन्य समग्रीमा हुने गरेको बेथिती सुधार्न जफत अभियान नै चलाएर ती सामग्री विक्री वितरण गरेर सो राजस्व संक्लन भएको उनको सचिवालयले जनाएको हो ।

अवैध भण्डार जफत गर्ने अभियान चलाउँदा आन्तरिक र बाह्य दुबै तर्फबाट नगरप्रमुख अर्याललाई दबाब (थे्रटं) थियो, तर पनि उनी निडर भएर नै अभियानलाई निरन्तरता दिइनुको प्रतिफल डेढ करोड राजस्व सङ्कलन भएको छ ।

बेथिति सुध्रिएको छ, नगरप्रमुख अर्यालले नगरपालिकामा रहेको पुराना बेथिति सुधार्दै नयाँ नयाँ कार्यक्रम समेत आरम्भ गरेपछि सुनवलकै केही इमानदार नगरवासी त्यसमा पनि अधिकांश महिला अभियन्ताले पनि साथ दिन थालेका थिए ।

अहिले नगरप्रमुख अर्यालकै पहलमा महिलामैत्री अभियान सञ्चालन गरेर करोडौँको अनुदान भित्राएर पूर्वाधार बनाउन कार्यमा जुटेको उनका सचिवालयका प्राविधिक रेसम शर्माले बताए । ‘मेयर अर्याल लुम्बिनी प्रदेशकै एक महिला मेयर मात्रै नभई एक साहसिक मेयरको रूपमा पनि पहिचान बनाउँदै छिन्,’ उनले भने, यसले उनको आगामी राजनीतिलाई थप प्रभावकारी बनाउँदै गएको छ ।

नगरपालिकाको स्रोत व्यवस्थापनमा आफू निरन्तर लागेको मेयर अर्यालले बताइन् । यसमा लागि सबैको साथ र सहयोग चाहिन्छ, नै उनले भनिन्, धेरै समय अहिले आन्तरिक व्यवस्थापनमै खर्चन परेको छ, होइन भन्ने बाहिरी श्रोतको व्यवस्थापन धेरै गर्न सकिन्थ्यो ।

स्रोत व्यवस्थापनका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँगै अन्य दातृ निकाय र आयोजना परियोजनासँग सहकार्य र समन्वय गरियो भन्ने थप आर्थिक स्रोत जुटाउन सकिन्छ । यसको उदाहरण उनले महिला मैत्री नगर (सिटी फर ओमेन) पनि एक भएको दाबी गरिन् । नगरपालिका भित्र पनि खोलानाला एक प्रमुख श्रोत हो, तर वर्षौँदेखि अवैध दोहन भइरहेको थियो ।

त्यसलाई जफत गर्ने अभियान पनि चलाएको हुँ उनले थपिन्, डेढ करोड जति राजस्व सङ्कलन भयो, त्यसमा पनि अभियानकै क्रममा भण्डारणहरू खोला तस्कर र माफियाहरूले यताउता पारेका थिए । बरामद गरिएका सामग्री पनि ठेक्का लगाउन अवरोध हुँदै आएको बताउँदै उनले अन्तिम समयमा परासी महेशपुर सडक आयोजना निर्माण गर्ने निर्माण व्यवसायीले इ–टेन्डर मार्फत लिलाम सकारेको छ ।

उसलाई ती माल बस्तु उठाउन केही कठिनाइ भई रहेको सुनिएको बताउँदै कार्यालय प्रमुख आउने बित्तिकै उसको मौज्दात प्रमाणित गरी सहजीकरण गरिने छ । स्थानीय प्रहरी कार्यालय र वन कर्मचारीको मिलोमतोमा खोलाजन्य पदार्थ (ढुगाँ, गिट्टी, बालुवा, मिस्कट) को ठुलो मात्रामा तस्करी हुने गरेको थियो ।

सुनवल नगरपालिकाको तुरिया खोला भित्रै पूर्वपश्चिम राजमार्ग निर्माण आयोजनाका खोलाजन्य पदार्थको प्रशोधन केन्द्र राखिएका छन् । तिनै प्रशोधन केन्द्र नजिकै मिनी पहाड जस्तै खोलाजन्य पदार्थ भण्डारण गरिएका थियो ।

भण्डारण नजिकै खोलाको किनारमा अवैध ढुगाँ र मिस्कट झिकेर राखिएको अवस्थामा जहाँ त्यही भेटाउने गरिएको स्थानीयले बताउँदै आएका थिए ।  खोलाको तस्करी गराउने पहुँचवाला नै भएका कारण एक किलोमिटरको दुरीमा रहेको बन र प्रहरीको कार्यालय भए पनि उनीहरू रोक्नु भन्दा गुनासो पुगेपछि त्यो जिम्मेवारी नगरपालिकाको भन्दै पन्छिने गरेका थिए ।

तस्करसँग प्रहरीले नै मोटो रकम उठाउने गर्दा खोला तस्करी नियन्त्रण प्रति गैर जिम्मेवारी अभिव्यक्ति आउने गरेका थियो । आयोजनाको आडमा हुने खोला तस्करीबारे, स्थानीयको बुझाई छ कि आयोजनाको निर्माण कार्य किन ढिलाइ हुन्छ ? वा किन ढिलाइ गराइन्छ ? किन भने त्यसैको आडमा खोला तस्करी गरी अकुत सम्पत्ति कमाउने केही गिरोह सक्रिय छन् ।

आयोजना जति ढिलो भयो, उत्ति धेरै दिन कमाउन सकिन्छ, आयोजनाकै नाममा खोलामै प्रशोधन केन्द्र राखिएका छन्, कोही आयो भन्ने आयोजनाकै ती सामग्री हो, भनी झुक्याउन सकिन्छ, मौका छोपेर बाहिर बेच्न सकिन्छ ।

तस्करीको हल्ला भयो र जो जहाँ पायो, त्यही कमाउने मेसो बन्छ, धमिलो पानीमा माछा मार्ने भनेको यस्तै रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?