ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

 एक महिनामा १६ फरार प्रतिवादी पक्राउ 

१ भाद्र २०८२, आइतबार
१ भाद्र २०८२, आइतबार
दाङ, १ भदौ ।
दाङ प्रहरीले विभिन्न कसुरमा दोषी ठहर भएका फरार १६ जना प्रतिवादीलाई बितेको एक महिनामा पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले आईतबार आयोजना गरेको मासिक पत्रकार भेटघाटमा विभिन्न समयमा अदालतबाट फैसला भई दोषी ठहर भई सजाय भुक्तान गर्नुपर्नेमा फरार रहेका त्यस्ता व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर  शाहले फरार रहेकामध्ये २० वर्षपछि १ जना, १० वर्षपछि २ जना, ५ वर्षभन्दा कम अवधिका १३ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए  । उनका अनुसार, पक्राउ परेकाहरुबाट २० वर्ष ५ महिना १५ दिन कैद असुल उपर हुनेछ भने ३४ लाख ९६ हजार ४ सय १९ रुपैयाँ जरिवाना असुल उपर गरिएको छ ।
साउन महिनामा लागु औषध ब्राउन सुगर ५ ग्राम ९ सय ९० मिलिग्राम बरामद गरी ७ वटा मुद्दा दर्ता गर्दा १० जना पक्राउ परेका उनलेे जानकारी दिए ।
यसैगरी, एक महिनामा विभिन्न स्थानमा गरिएको सवारी जाँचबाट १५ लाख ७९ हजार ५ सय रुपैयाँ राजश्व उठेको पनि उनले जानकारी दिए । जस अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ७ सय ७० सवारी साधन कारवाही गर्दा ७९ हजार ५ सय, इलाका प्रहरी कायाृल्य तुलसीपुरले ४ सय ४० सवारी साधन कारवाही गर्दा ४५ हजार ५ सय, इलाका प्रहरी कार्यालय गढवाले २७ सवारी साधन कारवाही गर्दा ३० हजार ५ सय, इलाका प्रहरी कार्यालय भालुवाङले १ सय १३ सवारी साधन कारवाही गर्दा १ लाख ११ हजार, वडा प्रहरी कार्यालय लमहीले १ सय १८ सवारी साधन कारवाही गर्दा १ लाख २ हजार ५ सय, इलाका प्रहरी कार्यालय अमिलियाले ४०  सवारी साधन कारवाही गर्दा ४४ हजार ५ सय र इलाका प्रहरी कार्यालय खिलतपुरले ३१ सवारी साधन कारवाही गर्दा ४० हजार ५ सय राजश्व संकलन गरेको छ ।
जिल्लामा साउन महिनामा जातका आधारमा १ सय ४५  उजुरी परेका पनि उनले बताए  । ब्राह्मण क्षेत्रीका ३९ वटा, जनजातिका ५२ वटा, मधेशीका १० वटा, दलितका ३८ वटा, मुस्लिमका ६ वटा गरी १ सय ४५ उजुरी परेको  बताए ।
यसरी उजुरी पर्नेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका अन्तरगतका रहेका छन् । घोराहीको ५३ वटा, तुलसीपुरको ४० वटा, बंगलाचुलीका १० वटा, दंगीशरणका ९ वटा, शान्तिनगर र बबईका ७–७ वटा, राप्तीका ६ वटा, गढवाका ४ वटा, लमही र राजपुरका ३–३ वटा तथा अन्य १३ वटा उजुरी परेको उनलेे बताए ।
यसैगरी, पछिल्लो समय समुदायमा आत्महत्याका घटना उल्लेख्य रुपमा बढेको पनि उनले बताए । बितेको एक महिनामा मात्रै २५ जनाले आत्महत्या गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?