Butwal Today

सुनको भाउ सात सयले घट्यो

१ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं, १ भदौ ।

आज सुनको मूल्य प्रति तोला सात सय रुपैयाँले घटेको छ ।

यससँगै सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार सुनको मूल्य तोलाको एक लाख ९६ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय १० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।