ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

स्कुलका छात्रामा रक्तअल्पताको डरलाग्दो रूप

१ भाद्र २०८२, आइतबार
१ भाद्र २०८२, आइतबार

समाचार सारांश


  • लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्तअल्पता (एनिमिया) परीक्षण कार्यक्रम सञ्चालन गर्‍यो ।

  • कार्यक्रम अन्तर्गत कपिलवस्तु जिल्लाका दशवटै पालिकाका ४२ वटा सामुदायिक विद्यालय समेटिए ।

  • परीक्षण गरिएका ८ हजार ४ सय २३ जना छात्रामध्ये ५५.८३ प्रतिशतमा  रक्तअल्पता देखियो ।


कपिलवस्तु, ०१ भदौ  ।

कपिलवस्तु जिल्लाको सामुदायिक विद्यालयमा अध्ययनरत किशोरी छात्रामा रक्तअल्पत्ता (एनिमिया) को समस्यामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार आएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको सामुदायिक विद्यालयका किशोर–किशोरीको रक्तअल्पत्ता  परीक्षणका क्रममा कपिलवस्तु जिल्लाभर गरिएको परीक्षणमा ५५ दशमलव ८३ प्रतिशतमा रक्तअल्पत्ता देखिएको छ ।

कार्यक्रम अन्तर्गत दश वटै पालिकाका ४२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका ८ हजार ४ सय २३ जना छात्राको रक्तअल्पत्ता परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा सामुदायिक विद्यालय सँगै कृष्णनगरको आयशा सिद्धिकी गल्र्स कलेज, अरबिया तालिमुल इस्लाम मदरसासँगै माायादेवी गाउँपालिकाको सुमैया गल्र्स कलेज, मदरसा उम्मे अम्मार अल इस्लामिया लिल्बनात र मदरसा अल ताहेरात लिल बनात गरी ५ वटा धार्मिक सामुदायिक विद्यालय र कलेजमा अध्ययनरत छात्राको रक्त परीक्षण गरिएको हो ।

सो क्रममा ४ हजार ७ सय ३ जनामा रक्तअल्पत्ता देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका २४ वटा सामुदायिक विद्यालयका छात्राको रक्त परीक्षण गर्दा ६७ दशमलव ३० प्रतिशत छात्रामा सो समस्या देखिएको थियो ।

अघिल्लो वर्ष ४ हजार ७ सय ३४ किशोरी छात्राको रगतको नमुना लिई हेमोग्लोबिनको मात्रा परीक्षण गर्दा ३ हजार १ सय ३६ जनामा रक्तअल्पता देखिएको थियो । सो तथ्याङ्कले एक वर्षको अवधिमा पोषण सम्बन्धी सचेतना कार्यक्रम, विद्यालयमा आइरन चक्की खुवाउने कार्यक्रमका कारण करिब साढे ११ प्रतिशत किशोरीमा रक्तअल्पत्ता घटेको देखिएको छ ।

गत आर्थिक वर्षमा हेमोग्लोबिन परीक्षण गरिएका मध्य हेमोग्लोबिनको मात्रा ८ भन्दा कम रहेका कडा रक्तअल्पता भएका छात्राको सङ्ख्या १ सय २१ अर्थात् कुल सङ्ख्याको १ दशमलव ४४ प्रतिशत छ ।

त्यसैगरि ८ देखि १० दशमलव ९ हेमोग्लोबिन रहेको मध्यम रक्तअल्पत्ता हुने छात्राको सङ्ख्या २ हजार २ सय ५२ अर्थात् २६ दशमलव ७४ प्रतिशत छ भने ११ देखि ११ दशमलव ९ हेमोग्लोबिनको मात्रा रहेको सामान्य रक्तअल्पत्ता हुने छात्राको सङ्ख्या २ हजार २ सय ९१ अर्थात् २७ दशमलव २० प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा परीक्षणका क्रममा ८ भन्दा कम हेमोग्लोबिनको मात्रा हुने (कडा रक्तअल्पता) देखिएकामा १ सय ६१ जना अर्थात् ३ दशमलव ४ प्रतिशत, (मध्यम रक्तअल्पता) देखिएकामा १ हजार ८ सय ६५ जना अर्थात् ३९ दशमलव ४ प्रतिशत र कम रक्तअल्पता हुने छात्राको सङ्ख्या १ हजार १ सय ६० अर्थात् २४ दशमलव ५ प्रतिशत रहेका थिए ।

सो तथ्याङ्कले रक्तअल्पक्ता घट्दै गएको सँगै कडा रक्तअल्पत्ता समेत घटेको देखाएको छ । एक वर्षको अवधिमा रक्तअल्पत्ता हुने छात्राको सङ्ख्या घट्दै गएको भए पनि पालिकाका स्वास्थ्य शाखाको नेतृत्वमा विद्यालयमा खुवाइने आइरन चक्की र फोलिक एसिड वितरण कार्यक्रमको प्रभावकारितामा भने प्रश्न चिन्ह उठ्दै गएको छ ।

टोलीले परीक्षणका क्रममा मायादेवी गाउँपालिकामा आइरन चक्की खुवाउने कार्यक्रम सञ्चालनमै नआएको भेटाएको खुल्न आएको छ ।
गत आर्थिक वर्षको रक्तअल्पक्ता परीक्षणका क्रममा जिल्लामा सबैभन्दा बढी किशोरी छात्रामा शुद्धोधन गाउँपालिकामा ८४ दशमलव शून्य ७ प्रतिशतमा रक्तअल्पक्ता देखिएको छ ।

१ सय १३ जनाको रगतको हेमोग्लोबिन परीक्षणका क्रममा ९५ जना छात्रामा रक्त अल्पता देखिएको हो । त्यसै गरी दोस्रो सबैभन्दा बढी रक्तअल्पता देखिएकोमा बुद्ध भूमि नगरपालिकाका छात्रामा ७४ दशमलव ५ प्रतिशत र तेस्रो बढी रक्तअल्पत्ता देखिएकामा शिवराज नगरपालिकामा ६५ दशमलव १९ प्रतिशतमा रक्तअल्पत्ता देखिएको हो ।

जिल्लाको कपिलवस्तु नगरपालिकामा अघिल्लो आवमा ८२ दशमलव ५४ प्रतिशत छात्रामा रक्तअल्पक्ता देखिएकोमा गत वर्षमा सो तथ्याङ्कमा उल्लेखनीय सुधार आई गत आवमा गरिएको परीक्षणको क्रममा ३९ दशमलव ४७ प्रतिशत छात्रामा मात्रै रक्तअल्पत्ताको समस्या देखिएको छ ।

किशोरी र छात्राहरूमा जङ्कफुडको सेवन तथा व्यवस्थित खानपान नहुँदा रक्त अल्पताको समस्या देखिने गर्दछ । खानपानमा हरियो सागसब्जी, दूध, दही, माछा र मासुको सेवन नगर्दा रक्त अल्पताको समस्या आउने स्वास्थ्यकर्मीहरू बताउँछन ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको रक्त परीक्षणका लागि स्वास्थ्य कार्यालय कपिलवस्तुका ल्याब टेक्निसियन निरीक्षक श्रीधर खनालको नेतृत्वमा ८ सदस्यीय टोली गत आवको मङ्सिर देखि अषाढ सम्म १० वटै पालिकाको विभिन्न सामुदायिक विद्यालयमा पुगेर सो परीक्षण गरेको थियो ।

टोलीमा प्रयोगशालाकर्मी, प्यारामेटिक्ससँगै विद्यालयका शिक्षक शिक्षिका स्वयंसेवी रूपमा खटिएका थिए । टोलीले सामुदायिक विद्यालयका छात्राको उचाइ मापन, तौल मापन गरी रक्त नमुना सङ्कलन गरेर हेमोग्लोबिनको मात्रा परीक्षण गरी रक्तअल्पत्ताको अवस्था पत्ता लगाएको हो ।

सो क्रममा किशोरीको रगतको नमुना लिई विद्यालयमै क्याफरिन सलुसन विधिद्वारा परीक्षण गरिएको हो । पोषणयुक्त खानाको अभाव, पत्रु खाना (जंकफुड) सेवन र कतिपय वंशानुगत कारण (थाईलेसेमिया) हरूले गर्दा छात्राहरूमा रक्तअल्पत्ताको समस्या देखिएको परीक्षण टोलीको नेतृत्व गरेका स्वास्थ्य कार्यालय कपिलवस्तुका ल्याब टेक्निसियन निरीक्षक श्रीधर खनालले जानकारी दिए ।

सचेतना कार्यक्रमको प्रभावका कारण कतिपय विद्यालयमा भने आइरन चक्की वितरणको कार्यक्रम प्रभावकारी रहेको उनले अनुभव सुनाए ।
रक्तअल्पताका तत्कालीन असरहरूमा शारीरिक थकावट र कमजोरी हुने, कार्य क्षमता घट्ने, आलस्य हुने र बौद्धिक क्षमता घट्ने हुन्छ ।

त्यसै गरी यसका दीर्घकालीन असरमा कार्य क्षमतामा कमी आउने, अन्य रोगको सङ्क्रमण सम्भावना बढ्ने, गर्भावस्थामा रक्तचाप बढ्नुका साथै जटिलता उत्पन्न हुने, मातृ मृत्यु र बाल मृत्युको सम्भावना बढ्ने, बच्चा कुपोषित र कम तौलको हुने लगायतका समस्या देखिने गर्दछन् ।

चाउचाउ, चिप्स, कुरकुरे, बिस्कुट, कोल्ड ड्रिक्स, मम, चाउमिन, डोनट, पपकर्न लगायतका जङ्कफुडको सेवनमा बालबालिकाको बढ्दो प्रभाव र पोषणयुक्त हरियो सागसब्जी, तरकारी, माछा मासु नखाँदा किशोरी छात्रामा रक्त अल्पताको समस्या देखिने गरेको स्वास्थ्यकर्मीहरूको बुझाई छ ।

अघिल्लो आवको तुलनामा गत आवमा परीक्षणको दायरा बढाएको स्पष्ट पार्दै सो क्रममा रक्तअल्पता देखिएका किशोरी छात्रालाई सम्बन्धित स्वास्थ्य संस्था र विद्यालयका शिक्षकको निगरानीमा आइरन चक्की सेवन गर्न, घर परिवारमै उत्पादन हुने आइरनयुक्त खाना खानका लागी परामर्श दिइएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत गौरव ढकालले जानकारी दिए ।

गत आवकै अवधिमा जिल्लाका प्रत्येक पालिकाका एक, एक वटा विद्यालयलाई पत्रु खाना (जंकफुड) निषेधित विद्यालय घोषणा गरिएको जनाउँदै बाणगंगा सहितका पालिकाले पालिकाको सबै विद्यालयलाई जंकफुड निषेधित गर्ने कार्यलाई प्राथमिकतामा राखेको र स्वास्थ्य कार्यालयले आवश्यक सहयोग र सचेतना कार्यक्रम गर्ने प्रमुख ढकालको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?