ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

‘फेसबुके मायाजाल’

३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

चन्द्रौटा, ३१ साउन ।

रुकुम जिल्लाको १९ वर्षीया एबिसी कुमारी (परिवर्तित नाम) । सुर्खेतमा बसेर कक्षा १२ सकेर सशस्त्र प्रहरीमा असई बन्ने सपना उनको मनमा पलाउँदै थियो । उनी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्न तयार थिइन् । बाबुआमासहित उनको एकल परिवारको मासिक आम्दानी कबिर ३० हजार रुपैयाँ थियो ।

सपना सामान्य थिए तर एक वर्षअघि उनको सामाजिक सञ्जाल फेसबुकमा एउटा अनजान फ्रेन्ड रिक्वेस्टले आयो । त्यस रक्वेस्टले अघि बढ्दै जाँदा कुमारीको योजनामा अकल्पनीय मोड ल्याइदियो ।

फेसबुकको प्रेम र धम्की

कपिलवस्तु घर भई प्युठान बस्ने २३ वर्षीय श्याम गुप्ता (परिवर्तित नाम)सँग फेसबुकमार्फत चिनजान भयो । सुरुमा सामान्य कुरा, शुभकामना, हाँसो–मजाक । तर समयसँगै श्यामले भावनात्मक कुरा गर्न थाले । ‘म तिमीलाई धेरै माया गर्छु, मसँग विवाह गर’ ।

कुमारी आफैँ पढाइ र भविष्यको तयारीमा व्यस्त थिइन् । तर गुप्ताको निरन्तर सम्पर्कले सम्बन्ध गहिरिँदै गयो । श्यामको कुरा कुमारीले कुरा नर्कान सकिनन् । २०८२ साउन ७ गते श्याम अचानक रुकुममै पुगे । कुमारी जान इच्छुक थिइनन् ।

तर श्यामको कठोर वाक्य–“तिमी मसँग नगए यहीँ मर्छु” ले उनलाई असहज अवस्थामा पा¥यो । डर, दबाब र प्रेमको भ्रममा उनी सहमत भइन् ।त्यहि भ्रममा कुमारीको सम्बन्धले उनलाई जोखिममा पु¥यो ।

यात्रा वारी, गन्तव्य पारी 

श्यामले कुमारीलाई कपिलवस्तुमा आफन्तको घरमा ल्याएर करिब तीन घण्टा राखेका थिए । त्यसपछि “काठमाडौँ जानुपर्छ” भन्दै साथीको मोटरसाइकलमा राखेर ल्याएका थिए । बाटोमै श्याम मोटरसाइकल सहित हराएको भन्ने जानकारी प्रहरीले पायो ।

सामाजिक सञ्जालमा फोटोसहित पोस्ट भएपछि नवलपरासीको कावासोतीमा उनीहरू दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । श्यामको परिवार आएर उनलाई छुटाएर लग्यो । तर केही समयमै श्याम फेरि कुमारीलाई लिएर प्युठान जाने बहानामा कपिलवस्तु जिल्लाको बुटवल – चन्द्रौटा हुँदै कृष्णनगरतर्फ लाग्दै थिए ।

चन्द्रौटामा शान्ति पुनर्स्थापना गृहका परामर्शदाताले रोकेर सोधपुछ गर्दा भारततर्फ लैजान लागेको योजना खुल्यो । सो अनुसन्धानमा थाहा भयो । गृहले चन्द्रौटामा वडा प्रहरी कार्यालयसँग समन्वय गरेपछि श्याम यसअघि पनि एक महिलालाई सीमापारि लैजान खोज्दा प्रहरीले फिर्ता पठाएको रहस्य थियो ।

यसपालि पनि त्यही उद्देश्य थियो, तर गृह र प्रहरीको सतर्कताले रोक्यो । वडा प्रहरी कार्यालय चन्द्रौटामा थप अनुसन्धान हुँदा श्यामले विभिन्न समयमा महिलालाई प्रलोभनमा पारेर एक स्थानबाट अर्को स्थानमा लैजाने गरेको रहस्य खुलेको थियो ।

त्यसपछि श्यामविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा मुद्दा दर्ता भयो । कुमारीलाई भने उनको परिवारको जिम्मामा सुरक्षित घर फर्काइएको शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले बताए ।

सयौँको उद्धार 

यस्तै सामाजिक सञ्जाल तथा अन्य माध्यमले भारतसहित तेस्रो मुलुकमा बेचबिखनमा परेका तीन सय बढीलाई उद्धार गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ३ सय ७४ जनाको उद्धार र ७ हजार ५ सय ३९ जनालाई परामर्श गरिएको गृह कपिलवस्तुले जनाएको छ ।

उद्धार गर्नेमा सबैभन्दा बढी रोल्पा, बागलुङ, स्याङजा, कपिलवस्तु लगायत जिल्लाको सयौँ किशोरी तथा बालबालिकाहरू रहेका छन् ।

उद्धार भएकोमा ३ सय ४३ जना अति जोखिममा परेको थिए । यस्तै १८ देखि २५ वर्ष उमेर समूहका १२६ जना, १६ देखि १७ उमेर समूहका ७९ जना, ११ देखि १५ उमेर समूहका ४९ जना, ० देखि १० उमेर समूहका १९ जना, २६ देखि ३० उमेर समूहका ५१ जना, ३० वर्ष देखि माथि ५० जना र अन्य उमेर समूहका गरी ३ सय ७४ जनालाई उद्धार गरिएको गृह कपिलवस्तुको प्रतिवेदनमा उल्लेख छ ।

सामाजिक सञ्जालको प्रयोगकर्ता 

पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् । जसले नागरिकलाई सहजता समेत प्रदान भएको छ । सञ्जालको प्रयोगकर्ता बढेसँगै विकृति पनि उत्तिकै बढेको छ । केही समय पहिले मानव तस्करले गाउँघरका सोझा–साझा आम मानिसलाई सिधै सम्पर्कमा ल्याई भारत लगायत तेस्रो मुलुकमा बेचबिखनका भएका घटना हुने गरेको थियो तर यति बेला भने सो तस्करको रूप भने फेरिएको छ ।

फेसबुक, वाटसप, भाइबर, इस्टाग्राम, स्नेपच्याट जस्ता सामाजिक सञ्जालको प्रयोगले मानव तस्करका घटना मौलाएको गृह कपिलवस्तुका जिल्ला सुपरभाइजर डिल्लीराज तिमिल्सिना (दिनेश) ले बताए ।

उद्धार हुनेमा ४ हजार ११७ जना अविवाहित, ३ हजार ४२२ जना विवाहित रहेका छन्, भने यस्तै अभिभावक नभएका २८९ जना रहेका छन् । भारतसहित तेस्रो मुलुकबाट ४ जनालाई उद्धार गरिएको उनले जनाए ।

विशेष गरी जनजातिमा, दलितमा समुदायका किशोर किशोरी मानव बेचबिखनमा पर्ने गरेको सुपरभाइजर तिमिल्सिनाले बताए । उनका अनुसार मानव बेचबिखन हुने मुख्य कारणको रूपमा रोजगारी लगायतको अवसरको खोजी रहेको छ ।

भारत हुँदै तेस्रो मुलुक जाने, आर्थिक, रोजगारी, नेटवर्किङ बिजनेस लगायतका बिचौलियाले विभिन्न प्रलोभन देखाउने गरेको गृहका परामर्शकर्ता सुशिला खनाल बताउँछिन् । उनले भनिन् “दाङ, अर्घाखाँची, प्युठान, सल्यान, रुकुम र कपिलवस्तु लगायत पहाडी जिल्लाका अधिकांश महिलाहरू पर्ने गरेका छन्, उनीहरूलाई प्रायः आर्थिक प्रलोभनमा पर्ने गर्दछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?