ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

गुगल म्याप्सले नेपालमा सुरु गर्‍यो स्ट्रिट भ्यू सेवा

३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

 काठमाडौं ।

गुगल म्याप्सले आजदेखि नेपालमा स्ट्रिट भ्यू सेवा सुरु गरेको छ ।  डिजिटल नेपाल कन्क्लेभ २०२५ मा गुगल म्याप्सका स्ट्रिट भ्यू प्रमुख निशान्त नैयरले नेपालका सुन्दर दृश्य र समृद्ध संस्कृतिलाई विश्वभरबाट भर्चुअल रूपमा अवलोकन गर्न सकिने घोषणा गरे।

नैयरले भने, “अब तपाईहरूले विश्वभरबाट नेपालको सुन्दर दृश्यहरू र नेपाली संस्कृति अवलोकन गर्न सक्नुहुनेछ । नेपालमा धेरै सुन्दर मन्दिरहरू र प्राकृतिक सम्पदाहरू छन् ।”

उनका अनुसार स्ट्रिट भ्यू सेवामार्फत नेपालको अद्भुत भू–दृश्य र समृद्ध संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न सकिनेछ ।

“अब तपाईं काठमाडौंका जीवन्त सडक र गल्लीहरूमा टहलिन सक्नुहुन्छ । शान्त र सुन्दर तराई क्षेत्रको अन्वेषण गर्न सक्नुहुन्छ,”  उनले भने, “तपाईं हिउँले ढाकिएका हिमश्रृंखलाहरूको मनोरम दृश्य देखाउने घुमाउरा सडकमा पनि भर्चुअल यात्रा गर्न सक्नुहुन्छ ।”

नैयरले थपे, “यी सबै दृश्यहरू अब फोन वा कम्प्युटरबाट सजिलै हेर्न सकिन्छ । यसले तपाईंलाई नेपालको समृद्ध वास्तुकला, प्राचीन मन्दिर र दरबार, चहलपहलयुक्त बजार र जीवन्त परम्परासँग नजिकबाट परिचित गराउनेछ ।”

नेपाल प्राकृतिक रूपमै धनी भएकाले यो नयाँ माध्यमले विश्वलाई नेपाल अनुभव गर्ने मौका दिने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उनको विश्वास छ । “नेपालको सांस्कृतिक सम्पदा र पर्यटन सम्भावनाको प्रवर्द्धनमा यो सेवा महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने  ।

गुगल स्ट्रिट भ्यू प्रमुख निशान्त नैयरका अनुसार नेपालका नवीनतम दृश्यहरू हेर्नका लागि गुगल म्याप्स खोल्नुपर्नेछ र ३६० डिग्री भ्यू हेर्न पहेँलो स्ट्रिट भ्यू पेगम्यानमा क्लिक गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?