Butwal Today

सर्पको टोकाइबाट बालकको मृत्यु

३० श्रावण २०८२, शुक्रबार
अ+
अ-

लमही ,३० साउन ।

दाङको देउखुरीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढ निवासी राजु अधिकारीका ९ वर्षीय छोरा संस्कार अधिकारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

हजुरबुवा डम्मरबहादुर जिसीका अनुसार बालक अधिकारीलाई गए राति निजकै घरमा सुतिरहेको अवस्थामा गराइज सर्पले डसेर घाइते भएको र उपचारको क्रममा बिहीबार दिउँसो २ः२० बजेको समयमा कपिलवस्तुको बुद्ध भूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको कपिलवस्तु सर्प दंश उपचार केन्द्रमामा मृत्यु भएको हो ।

मृतक बालक सोही वडामा रहेको सिरिन भ्याली पब्लिक स्कुल कक्षा ३ मा अध्ययनरत थिए ।