ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बैंकिङ क्षेत्रमा तरलता व्यवस्थापनको सकस

३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

कहिले तरलता सङ्कुचन त कहिले अधिक तरलता । नेपालका बैंक तथा वित्तीय संस्थहरूले भोग्दै आएको नियती हो यो । यस्तो तरलताको उतारचढावले ब्याजदरसमेत अस्थिर बनाउँदै ल्याएको छ । यही कारणले गर्दा निजी क्षेत्र ढुक्क भई कर्जा लगानी बढाउन सक्ने अवस्थामा छैन ।

अधिक तरलताको बेला कर्जाको ब्यजदर ७–८ प्रतिशतसम्म झर्ने र तरलता अभाव हुँदा १५–१६ प्रतिशतसम्म पुग्नुले निजी क्षेत्र बैंक तथा वित्तीय क्षेत्रको व्यवहारप्रति सशङ्कित बनेको छ । अहिले बैंकिग क्षेत्रमा अधिक तरलता छ । श्रावण २० गतेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्ने हो भने बैंकहरूको कर्जा–निक्षेप अनुपात ७६ प्रतिशतमा झरेको छ भने कूल निक्षेप ७२ खर्ब ७६ अर्ब रहेको छ ।

केन्द्रीय बैंकको व्यवस्थाअनुसार कर्जा–निक्षेप अनुपात ९० प्रतिशत वा सोभन्दा नबढ्ने गरी कर्जा लगानी गर्न मिल्ने व्यवस्था छ । हालको कूल कर्जा ५५ खर्ब ६५ अर्ब रहेको हुँदा बैंकिग क्षेत्रमा रहेको तरलताबाट अझै ९ खर्ब ८२ अर्ब बराबरको रकम कर्जा लगानी गर्न मिल्छ ।

बैंकिग क्षेत्रमा अधिक तरलता रहेकै कारणले अल्पकालीन व्याजदर घटेर २.६७ प्रतिशत पुगेको छ भने अन्तर बैंक ब्याजदर औषतमा ३ प्रतिशतभन्दा कम भएको छ । आधार ब्याजदर घटेर ६.१७ प्रतिशतमा झरेको छ । त्यसैगरी कर्जाको औषत ब्याजदर पनि ८ प्रतिशतभन्दा कममा खुम्चिएको छ ।

बैंककिग क्षेत्रमा रहेको करिब ९ खर्ब ८२ अर्बभन्दा बढीको कर्जायोग्य रकमलाई बैंकहरूले यत्तिकै थन्काइरहँदा निक्षेपको लागत बढ्दछ । बैंकहरूको औषत व्याजदर ३ प्रतिशतमा रहेको छ । हालको ब्यादर कोरिडोरको व्यवस्थाले ब्यजदरलाई बढीमा ६ प्रतिशत र कम्तिमा २.७५ प्रतिशतमा राख्न खोजेको छ ।

यसलाई २.७५ प्रतिशतभन्दा कम हुन नदिन सोही दरमा केन्द्रीय बैंकले बैंकहरूबाट तरलता खिच्नु पर्दछ । यसका लागि उसले खुला बजार कारोबारको उपयोग गर्दछ ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०८१/८२ को एघार महिनासम्ममा निक्षेप सङ्कलन बोलकबोलमार्फत ८१ पटक गरी रु.२७ खर्ब ८४ अर्ब ८० करोड तथा स्थायी निक्षेप सुविधामार्फत १३५ पटक गरी रु.१८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन गरेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ओभरनाइट तरलता सुविधामार्फत उपभोग गरेको रु.२ अर्ब ७० करोड घटाउँदा खुद रु.२१३ खर्ब ४० अर्ब ८० करोड तरलता प्रशोचन रेको छ । अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत खुद रु.३८ खर्ब ६८ अर्ब ८४ करोड तरलता प्रशोचन गरिएको थियो । गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने वित्तीय प्रणालीमा अधिक तरलता प्रशोचन गर्न केन्द्रीय बैंकले करिब १० अर्ब खर्च गरेको छ । यसरी वित्तीय क्षेत्रमा रहेको तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई सकस परेको देख्न सकिन्छ ।

अहिले बजारमा कर्जाको औषत ब्याजदर करिब ८ प्रतिशतको हाराहारीमा छ । कर्जाको यस्तो घट्दो ब्याजदरले अर्थतन्त्रमा लगानीका लागि अवसर सिर्जना गर्नुपर्ने हो । तर हाल बजारमा माग सङ्कुचनको अवस्था छ । स्थायी सरकारको अभाव, बढ्दो डलरले बढाएको कच्चा पद्धार्थको मूल्य, श्रम अभाव, बजार माग सङ्कुचनजस्ता विविध कारणले गर्दा कर्जा माग बढ्न नसकेको हो ।

यिनै कारणहरूले गर्दा नजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरिए पनि ११ महिनाको अन्तरलमा यस्तो कर्जा ८ प्रतिशतले मात्र बढ्न सकेको देखिन्छ । यस वर्षको मौद्रिक नीतिले पनि निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदरलाई १२ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

तर, अहिलेकै परिस्थिति रहने हो भने यो सम्भव देखिँदैन किनकि कर्जा लगानी बढ्न बजार माग वृद्धि हुनु पहिलो सर्त हो, जुन अझै पनि कमजोर अवस्थामा देखिन्छ । कोभिड १९ को असर र रुस–युक्रेन युद्धका कारण विश्व बजारमा अझै पनि सुस्ती देखिएको छ । यस्तो असर नेपाली अर्थतन्त्रमा पनि परेको देखिन्छ ।

अहिले अर्थतन्त्रमा माग सङ्कुचनको समस्या बढ्दै गएको छ । कतिपयले खुला सीमाना व्यवस्थापन गर्न नसक्दा स्वदेशी बजारमा यस्तो संकुचन आएको भन्ने तर्क गरे पनि त्यो नितान्त अपूरो तर्क हो । कोभिडको सुरुवातमा विप्रेषण आयमा कमी भएको र व्यापार घाटा चुलिएका कारण बैदेशिक संचितिमा कमी आउँदा बजारमा तरलता समस्या देखिँदै गएको थियो । परिणामस्वरूप यसले बजारलाई सुस्तीतर्फ धकेल्दै लग्यो ।

क्रमिक रूपमा निक्षेप आकर्षण गर्न ब्याजदर बढाउँदै लगेका बैंकहरूले कर्जाको ब्याजदर बृद्धिलाई रोक्न सकेनन् । जसले गर्दा कर्जाको माग झनै घट्न थाल्यो । यसले क्रमिकरूपमा सुधारिँदै गएको विप्रेषण आयका कारण फेरि बैंकमा तरलता थुप्रिँदै गयो । बढ्दो तरलताले ब्याजदर घटाउँदै लैजान्छ ।

निक्षेपको ब्याजदर घट्दा कूल निक्षेपमा करिब ५९ प्रतिशतसम्म पुगेको मुद्दती निक्षेप पछिल्लो दुई वर्षको अन्तरमा ५० प्रतिशतमा खुम्चिएको छ । घट्दो व्याजदरले निक्षेपकर्ताहरूलाई न्यायोचित प्रतिफल दिन नसक्ने हुँदा पूँजी पलायन र उपभोगका निम्ति खर्च बढ्ने सम्भावना रहन्छ ।

जसले गर्दा बचत हुँदै लगानीसमेत प्रभावित हुन्छ । त्यसैगरी एकातिर बैंकको कूल निक्षेप बढ्दै जानु र अर्काेतिर मुद्धतिको अंश घट्दै जानुले अल्पकालीन अवधिको लागि भनी लिइएको निक्षेपलाई दीर्घकालीन कर्जामा लगानी गर्न मिल्दैन । गरिहाल्यो भने त्यसले बैंकको सम्पत्ति र दायित्वका बीच तालमेल बिगार्छ । फलतः बैंको प्रतिफलमसेत कमजोर बन्न पुग्छ । त्यतिमात्र होइन, वित्तीय क्षेत्रलाई नै अस्थिर बनाइदिन्छ ।

बैंकहरूमा अधिक तरलता रहँदा त्यस्तो रकममा समेत निक्षेपकर्तालाई ब्याज दिनैपर्ने भएकाले बैंकको लागत बढ्न पुग्छ । परिणामस्वरूप बैंकको नाफा खुम्चिदै जान्छ । तरलता व्यवस्थापन गर्नुपर्दा केन्द्रीय बैंकको खर्च पनि बढ्दै जान्छ । पछिल्लो समय त कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरू न्यून ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन बाध्य भइरहेका छन् ।

अधिक तरलताका कारण निक्षेपको ब्याजदर न्यून भएकाले बैंकिङ च्यानलमा रहेको निक्षेप अनौपचारिक क्षेत्रमा जानसक्ने तथा पुँजी पलायन हुने सम्भावनासमेत रहन्छ । साथै मुद्दति खातामा निक्षेप राखी ब्याजबाट दैनिक खर्च जोहो गर्ने निक्षेपकर्ताका निम्ति पनि यसले असहजता निम्त्याउँछ । यही कारणले गर्दा निक्षेप अनौपचारिक क्षेत्रतर्फ जानसक्ने अनुमान गरिएको हो । अतः घट्दो ब्याजदर पनि अर्थतन्त्रका निम्ति चुनौती बनेको छ ।

तरलता उतारचढावले अर्थतन्त्रलाई राम्रो गर्दैन । यस्तो रकम बढी भए बैंकको लागत बढाउँछ भने कम भए लगानीका लागि स्रोत अभाव हुन्छ । तरलतामा चाँप पर्दा बैंकहरू निक्षेपको ब्याजदर बढाउ बाध्य हुन्छन् । त्यसैगरी अधिक तरलता हुँदा निक्षेपमा प्रतिफल दिनुपर्ने हुँदा बैंकको लागत बृद्धि हुन्छ ।

अतः बैंकको कर्जा–निक्षेप अनुपात धेरैले घटबढ हुँदा तरलतामा उतारचढाव हुनजान्छ र यसले ब्याजदर अस्थिर बनाइदिन्छ । ब्याजदर अस्थिर हुँदा निजी क्षेत्रको मनोबल कमजोर हुन्छ, जसले गर्दा अर्थतन्त्रको विस्तारक्रम रोकिन्छ । त्यसैले वित्तीय क्षेत्रमा देखिने यस्तो तरलता उतारचढावलाई न्यून गर्न नसकेसम्म अर्थतन्त्र उकास्न सकिँदैन ।

तरलता समस्या समाधान गर्न बजार माग बढ्नु जरुरी छ । यसका लागि पहिले सरकारले निर्माण क्षेत्र लगायतको अर्बाैँ रूपैयाँ भुक्तानी गर्नतर्फ अग्रसर हुनु आवश्यक छ । साथै सरकारले लगानीको वातावरण निर्माण गर्दै पुँजीगत खर्च बढाउनु पर्दछ । कहिलेकाहीँ अर्थतन्त्र बचाउन सरकारले कर राजस्वमा सम्झौता गर्नुपर्दछ भने बैंकहरूले न्यून व्याज आम्दानीमा पनि चित्त बुझाउन सक्नु पर्दछ ।

त्यसैले उत्पादनमुलक क्षेत्रमा करका दरहरूमा पुनः मुल्यांकन गर्नुका साथै यस्ता क्षेत्रमा हुने बैंकको लगानीमा तुलनात्मक रूपमा न्यून ब्याजदर कायम गर्नु आवश्यक छ । अब समस्याको समाधान भनेको बैंकहरूको कर्जालाई उत्पादन मुलक क्षेत्रमा ‘डाइभर्ट’ गर्न जोड दिनुपर्ने हुन्छ । वास्तवमा निजी क्षेत्र, बैंक र सरकार सबै एकै अर्थतन्त्रको ढुङ्गामा सवार गनुपर्ने हुँदा अर्थतन्त्र बचाउनु सबैको दायित्व हो ।

बैंकको व्याजदर तिर्दिन भन्दै आन्दोलन गर्नु निजी क्षेत्रको ठूलो भूल हो । तर, मर्कामा परेका व्यवसायीले बैंकबाट केही राहत माग्नु भने न्यायोचित मान्न सकिन्छ । त्यसैले उत्पादनमुलक क्षेत्रलाई प्राथमिकता दिँदै सरकार, राष्ट्र बैंक तथा समग्र वित्तीय क्षेत्रले अर्थतन्त्र बचाउन बैंकिग क्षेत्रको तरलतालाई उत्पादनमूलक उद्योगमा प्रवाह गर्न र न्यायोचित व्याजदर निर्धारणमा ध्यान केन्द्रित गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?