ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

बुढेसकालमा सहारा बने कवाड

३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

लमही, ३० साउन ।

उमेरले साढे ६ दशक पार गरेका दाङको लमही नगरपालिका–४ अर्नहवाका चक्र बहादुर कुमाल र ६३ वर्षकी पुतली कुमाल दम्पतीको बुढेसकालमा सहारा कवाड बनेको छ ।

बुढौली टेकेकाहरू छोरा छोराछोरीको सहारा खोज्नेहरूलाई सन्देश दिँदै हात चल्नसम्म आफै कमाउनु पर्छ भन्दै उनीहरू कवाड बटुल्न तल्लीन देखिन्छन् ।
उनीहरू बिहान सात बज्न नपाउँदै, पुरानो बोरा बोकेर भिडभाड सडक पार गर्दै जान्छन् ।

घाम होस् या पानी, दिन होस् या रात, घरघरको ढोका ढकढक्याउँदै कबाड सङ्कलन गर्ने यो जोडीको यात्रा कहिल्यै रोकिन्न । ओत लाग्ने फुसको  घर भए पनि खान लगाउन भने उनीहरूले दैनिकी चलाउने विकल्प कवाड खोज्नुपर्छ ।

३ छोराहरूका बुबा आमा कुमाल दम्पती छोराहरूका लागि बोझ नबन्न कवाड बटुल्ने काम गर्न थालेको बताउँछन् । खुल्ला तथा सडकहरूमा पानीका बोतल, प्लाष्टिकजन्य कवाड सङ्कलन गर्न उनीहरू बिहानै नपुगे अरूले उठाउने भन्दै बिहानको नास्ता मात्र खाएर जान्छन् ।

दिउँसो उतै व्यस्त हुँदा बेलुकी मात्र एक छाक भात खाने गरेको बताउँछन् । कुमाल जातिलाई राज्यले दिँदै आएको कुनै प्रकारको सुविधा नपाएको चक्रले बताए ।
निम्न वर्गका कुमाल उमेरमा ज्याला मजदुरी गरी ३ वटा छोराहरूलाई हुर्काइ सामान्य पढाएको बताए । चक्र भन्छन्, ‘छोरा सबै छुट्टै बस्छन ।

हामी पनि कसैको बोझ बन्नु हुँदैन भनेर यस्तो काममा कागेका छौँ । दैनिक २० देखि ३० किलो कवाड जम्मा हुन्छ ।’ २५ रुपैयाँमा प्रतिकिलो हामीले बेच्ने गरेका छौँ ।” उनीहरू जस्तै लमहीका तेजबहादुर चौधरी गत पाँच वर्षदेखि टिन, प्लास्टिक, बोतल र पुराना सामान सङ्कलन गर्दै जीवन गुजारिरहेका छन् ।

“शारीरिक रूपमा मेहनत गर्न सक्ने काम यो मात्र हो, कमाइ धेरै छैन तर यसैको भरमा बिहान बेलुकी बित्छ,” उनले भने । कुमाल दम्पतीसँगै आर्थिक अभाव, रोजगारीको अभाव र सामाजिक विपन्नताको बिचमा बाँचिरहेका थुप्रै व्यक्तिहरूका लागि कवाडी व्यवसाय अहिले जीवन धारणको महत्त्वपूर्ण आधार बन्दै गएको छ ।

विशेष गरी वृद्ध, अपाङ्गता भएका व्यक्ति, सडक पेटीमा आश्रित बालबालिका र अन्य बेसहाराहरू यस पेसाबाट आफ्नो पेट पालिरहेका छन् । कवाडी सङ्कलनले केवल व्यक्तिगत जीविकोपार्जन मात्र होइन, वातावरणीय दृष्टिले पनि महत्त्वपूर्ण योगदान पु¥याइरहेको स्थानीय सरसफाइ अभियन्ताहरू हरि कुमाल बताउँछन् ।

बजार र टोल टोलमा फालिएका पुनः प्रयोग गर्न सकिने सामान सङ्कलन गरेर पुनर्चक्रण उद्योगमा पठाइँदा फोहोर व्यवस्थापनमा सहयोग पुग्ने गर्छ । तर, यस पेसामा संलग्नहरूका लागि कुनै औपचारिक संरचना वा सामाजिक सुरक्षा नभएकाले उनीहरू अझै असुरक्षित छन् ।

न त स्वास्थ्य बिमा सुविधा छ, न त सुरक्षात्मक उपकरण प्रयोग गर्ने अवस्था । स्थानीय निकायहरूले पूनर्चक्रणसँग सम्बन्धित पेसालाई ‘हरित रोजगार’ को रूपमा विकास गर्न सक्ने विज्ञहरूको बताउँछन् । यदि आवश्यक तालिम, सुरक्षात्मक साधन र बजार पहुँच सुनिश्चित गर्न सके, यसले केवल बेसहारालाई मात्र होइन, वातावरणलाई पनि फाइदा पु¥याउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?