Butwal Today

 शृङ्गारिक चलिरहेको धारापानीमा भोली करोड दीप प्रज्वलन हुने 

२९ श्रावण २०८२, बिहीबार
अ+
अ-

दाङ,२९ साउन । 

दाङको घोराही उपमहानगरपालिका -५ धर्ना स्थित प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा साउन ३० गते  (भोली)करोड दीप प्रज्वलन गरिने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुराण एवं शृङ्गारिक महाआरतीको औपचारिक समापन हुनु अघिल्लो दिन भक्तजन र मन्दिरको तर्फबाट सङ्कलन गरिएको  एक करोड दीप प्रज्वलन गर्न थालिएको हो ।

दिउसो ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्य वर्तिका गरी बेलुकी साढे ६ बजे विश्वकै अग्लो त्रिशूल परिसरमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए ।

मन्दिरको प्रचार प्रसार र धार्मिक जागरणका लागि आयोजना गरिएको शिवपुराण एवं  शृङ्गारिक महाआरतीमा हाल सम्म ६६ जनाले आरती, १० जनाले रुद्राअभिषेक, १५ जनाले लाखवक्ती बालेका छन् ।  १४ जना भक्तजनले ब्राह्मण भोजन तथा प्रसाद वितरण गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यसैबिच विश्वकै अग्लो त्रिशूल रहेको पाण्डवेश्वर महादेव धाम धारपानीमा सञ्चालन भइरहेको शिवपुराण तथा शृङ्गारिक महाआरतीमा हुने करोड दीप प्रज्वलनमा सहभागी हुन सबै भक्तजनहरूमा आव्हान गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले एक विज्ञप्ति प्रकाशित गरी मन्दिरले तेस्रो वर्ष आयोजना गरेको शिवपुराण तथा शृङ्गारिक महाआरती अन्तरगत हुने एक करोड दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन सबै भक्तजनलाई अनुरोध गरेका छन्  ।

करोड दीप प्रज्वलन पछि  ङ्गारिक महाआरती,विभिन्न सांस्कृतिक झाँकी लगायतका कार्यक्रम रहेको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?