ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

भारतीय विदेश मन्त्री जयशंकर अर्को साता रुस जाने

२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार

मस्को, २९ साउन ।

विश्व राजनीति पछिल्लो समय गम्भीर उथलपुथलको अवधिबाट गुज्रिरहेको छ। रुस–युक्रेन युद्ध, इजरायल–गाजा द्वन्द्व, इजरायल–इरान गतिरोध र भारत–पाकिस्तानबिचको सैन्य झडपले अन्तर्राष्ट्रिय वातावरणलाई जटिल बनाएको छ ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ युद्धले भूराजनीतिक समीकरणहरू थप जटिल बनाउँदै लगेको छ। यस्तो अवस्थामा भारतका विदेश मन्त्री एस जयशंकरको रुस भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ ।

रुसको विदेश मन्त्रालयले सोसल मिडिया प्लेटफर्म एक्समा जानकारी साझा गर्दै भनेको छ, ‘अगस्ट २१ मा, रुसी विदेश मन्त्री सर्गेई लाभरोभले मस्कोमा भारतीय विदेश मन्त्री एस जयशंकरसँग वार्ता गर्नेछन्। जसमा दुई नेताले द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय ढाँचाभित्र सहयोगका प्रमुख मुद्दाहरूमा छलफल गर्नेछन्।’

भारतले रुसी तेल खरिद गरेकोमा अमेरिकाले असन्तुष्टि व्यक्त गरिरहेको बेला यो भ्रमण हुन लागेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै भारतलाई ५० प्रतिशत कर लगाउने घोषणा गरे पछि दुई देशबिचको व्यापार तनाव बढेको छ । यसैबिच भारतले अमेरिकाको दबाबलाई बेवास्ता गर्दै रुसबाट तेल खरिद जारी राखेको छ ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि हालै रुसको भ्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रुसी राष्ट्रपतिसँग टेलिफोनमा विस्तृत छलफल गरेका थिए । दुई नेताबिच युक्रेन युद्ध र क्षेत्रीय स्थायित्वका विषयमा वार्ता भएको थियो । प्रधानमन्त्री मोदीले शान्तिपूर्ण र कूटनीतिक समाधानको पक्षमा भारतको अडान दोहोर्‍याएका थिए।

भारतको विदेश मन्त्रालयले भर्खरै डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको सम्भावित वार्ताको स्वागत गरेको छ। यो जटिल विश्वव्यापी अवस्थाको समाधान वार्ता र कूटनीतिबाट मात्र हुनसक्छ भन्ने भारतको विश्वास रहेको जनाएको थियो ।  एस जयशंकरको यो भ्रमणलाई भारतको स्वतन्त्र विदेश नीति र रणनीतिक सन्तुलनलाई झल्काउने यस दिशामा एउटा बलियो कदम मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?