ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

स्वास्थ्य स्वयंसेविका दिवस मनाईयो

१९ मंसिर २०७९, सोमबार
१९ मंसिर २०७९, सोमबार

दाङ, १९ मङ्सिर ।

दाङमा १९ औँ राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ । जिल्लाको घोराही उपमहानगरपालिका अन्तर्गत रहेका स्वास्थ्य स्वयंसेविकाहरुले सोमबार एक कार्यक्रम गरी यो दिवस मनाएका हुन् ।

घोराही उपमहानगरपालिकास्तरीय महिला स्वास्थ्य स्वयंसेविका समिति अध्यक्ष बिना खनालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य एवम् स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीको विशिष्ट आतिथ्यमा कार्यक्रम गरी समुदायको स्वास्थ्यमा योगदान पुर्याउँदै आएका स्वयंसेविकाहरुको योगदानका बारेमा चर्चा गरिएको थियोे ।

सो अवसरमा, बाल मृत्युदर, मातृ मृत्युदर कम गर्न तथा नागरिकको स्वास्थ्यमा पहुँच पुर्याउन २०४६ सालदेखि नेपाल सरकारले अघि सारेका स्वास्थ्यका क्षेत्रमा निरन्तर योगदान दिदै आएको हुँदा चुनौतीका रुपमा रहेको पोलियो उन्मुलनदेखि पछिल्लो समय कोरोना विरुद्धको खोप अभियान सफल बनाउन स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले स्वयंसेविकाहरुले नगरबासीलाई समुदाय स्तरबाट प्रदान गरिने सेवामा साथ दिएकै कारण स्वस्थ नागरिक बनाउन सहयोग मिलेको बताएका थिए । नागरिक स्वस्थ भए मात्रै समाज स्वस्थ हुने र यसले राष्ट्रलाई समृद्धिको यात्रामा सहज बनाउने हुँदा स्वास्थ्य स्वयंसेविकाहरुको मेहनत प्रशंसनीय रहेको बताए ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले सरकारले अघि सारेको स्वास्थ्य सुचकलाई पूरा गर्ने काममा समुदाय स्तरमा रहेर नागरिकको स्वस्थतामा भूमिका खेल्दै आएका स्वयंसेविकाहरुको काम निकै महत्वपूर्ण रहेको बताए ।

दिवसका अवसरमा स्वयंसेविकाहरुले आफुहरुको योगदानको उचित मूल्यांकन गर्दै सामाजिक सुरक्षाको दायरा बढाउन, जीवन बिमाको व्यवस्था गर्न, विभिन्न शीर्षकमा वित्तीय सेवा उपलब्ध गराउनलगायत ७ बुँदे माग राखेका छन् । घोराही उपमहानगरपालिकामा २ सय ३२ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

कार्यक्रममा नगर स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख नारायणप्रसाद घर्ती, स्वास्थ्य स्वयंसेविका शान्ता केसीलगायतले बोलेका थिए । कार्यक्रममा स्वास्थ्य स्वयंसेविका नगर समिति उपाध्यक्ष माया चौधरी, सचिव जीवा आचार्यलगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?