Butwal Today

सुन प्रति तोला १ लाख ९६ हजार बढीमा कारोबार हुदैँ

२९ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, २९ साउन ।

आज पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले वृद्धि भएको हो ।

जसअनुसार छापावाल सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ भने बुधबार तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार तोलाको २३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २३ सय ४० रुपैयाँ कायम गरिएको छ।